25 May 2019  |   शनिबार, जेष्ठ ११, २०७६

कहाँ छन अधिकारकर्मी ? इलाका वन कार्यालय लम्की बालबालिकाको श्रम शोषण गर्दै (फोटो फिचर सहित )

    | प्रकाशित मितिः शुक्रबार, चैत्र २३, २०७४  

लम्की (कैलाली), २३ चैत – इलाका वन कार्यालय लम्की कैलालीले बालबालिकाको श्रम शोषण गरेको पाईएको छ ।

बालबालिकाको सामान्य मानव अधिकारको वेवास्ता गर्दै सरकारी निकाएकै तर्फबाट बालबालिकालाई काममा लगाई श्रम शोषण गरेको भेटिएको हो ।

अती विपन्न परिवारका बालबालिकालाई पैसाको प्रलोभनमा पारी इलाका वनले शारीरिक शोषण गर्दै आएको पाइएको छ । बिगत ८-१० दिनदेखी लम्की आसपासका ती बालबालिका लाई कार्यालयले परिसर भित्रै खुलेवाम काममा प्रयोग गरिएका छ्न ।

समाचार श्रोतका अनुसार काममा प्रयोग गरिएका ती बालबालिका झण्डै १० देखि १४ बर्ष उमेर समुहका छन । इलाका वनले ती बालबालिका लाई पैसाको प्रलोभनमा पारी बिरुवा उत्पादन गर्नका लागि प्रयोग गरिने पोलोथिनमा माटो भराउने लगाएता काममा प्रयोग गर्दै आएको छ ।

हाल करिब एक दर्जन बालबालिका त्यहा काम गर्दै आएका छ्न । इलाका वन कार्यालयले काम गरे बापत प्रती गोटा ५० पैसाका दरले पैसा दिने गरेको त्यहा काम गर्दै आएका एक बालकले नाम नखुलाउने सर्तमा भने । इलाका वनले हामिलाई ८-१० दिनदेखि काममा लाउदै आएको छ काम गरे बापत अलिअली पैसा पनि दिने गरेको छ ।

प्राप्त जानकारी अनुसार ती बालबालिका बिहान कार्यालय समयदेखि साझसम्म त्यही काममा प्रयोग गरिदै आएका छ्न । यो बिषयमा बुझन खोज्दा इलाका वन कार्यालय लम्कीका इन्जार्ज भरत शाहसङ्ग टेलीफोन सम्पर्क भने हुन सकेन ।

पछिल्लो समय बालबालिकाको क्षेत्रमा काम गर्ने थुप्रै सरकारी तथा गैरसरकारी संघ सस्था भएपनी सरकारी निकायबाट नै यश प्रकारको कार्य हुनु निन्दनीय कुरा भएको स्थानीय बुद्धिजीवी बताउछ्न । जसले गर्दा बालअधिकार् मात्रै नभैइ मानव अधिकारको समेत खिल्ली उडेको छ ,यसतर्फ संबंधित निकायले तत्काल ध्यान दिन जरुरी देखिन्छ ।

 

 

प्रकाशित मितिः शुक्रबार, चैत्र २३, २०७४     1:58:31 PM  |

प्रतिक्रया दिनुहोस्