11 June 2019  |   मङ्लबार, जेष्ठ २८, २०७६

बाके बर्दियामा सुटिङ गरिएको मौलिक सालैजो गित “मेरो लागि जोवान” सार्वजनिक(भिडियो सहित)

    | प्रकाशित मितिः बुधबार, मंसिर १२, २०७५  

काठमाडौं । लाङघाली म्युजिक प्रालिको प्रस्तुतिमा नया सालैजो गीत “मेरो लागि जोवान” सार्वजनिक गरिएको छ । यो गीत लाङघाली म्युजिक प्रालिले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । यो गीत सिर्जु मगरको एल्बमको रुपमा बजारमा आएको हो ।

बाँके र बर्दिया जिल्लाका रमणिय स्थानहरुमा सुटिङ्ग गरिएको यस गीतको म्युजिक भिडियो निकै नै उत्कृष्ट बनेको निर्माण पक्षले दावी गरेको छ । चर्चित गायिका शर्मिला गुरुङ र सन्जय घर्तीको आवाजमा रहेको यस गीतको शब्द, लय बिबश घर्तीले गरेका हुन भने यस गीतको म्युजिक भिडियोमा युवा मोडल केशब चालिसे, प्रकाश भट्ट क्षेत्री, करिश्मा शाही ठकुरी र निशा शाहीले दमदार अभिनय तथा नृत्य देख्न सकिन्छ ।

करिश्मा शाही ठकुरीको निर्देशन तथा कोरियोग्राफर रहेको यस गीतको छायाँकन भने धनश्याम चौधरी (जि स्माईल)ले गरेका छन । यस गीतको सम्पादल रामु चौधरी (आरकेसी)ले गरेका छ्न । यस गीतको सुटिङ्ग बागेश्वरी म्युजिक तथा डान्स सेन्टर कोहलपुर मदनचोकको ब्यवस्थापनमा गरिएको हो भने कोरस डान्सर पनि सोही डान्स सेन्टरकै छ ।

यस गीतका मोडल केशब चालिसेले गीत अनुसारको म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेकोले सबै दर्शक श्रोताहरुले यो गीत रुचाउने दावी गरे । राजधानी भन्दा बाहिरको ठाउँमा सुटिङ्ग गर्न निकै कठिन भएको बताउँदै उनले  यस गीतमा कुनै पनि कुराको कमी नगरिएको बताए ।

यस गीतको सुटिङ्गको लागि शक्तिबल्लब चालिसे, गणेश चालिसे , आनन्द पराजुली लगाएत उद्योगी ब्यवसायी र स्थानीय बासीहरुको सहयोगमा सम्पन्न गरिएको हो ।

भिडियो हेर्नुहोस ।

प्रकाशित मितिः बुधबार, मंसिर १२, २०७५     10:25:52 AM  |

प्रतिक्रया दिनुहोस्