21 March 2019  |   बिहिबार, चैत्र ७, २०७५

हे सनातन तिमी कहाँ छौँ ?

    | प्रकाशित मितिः शुक्रबार, मंसिर २१, २०७५  

हे सनातन तिमी कहाँ छौँ ?
यहाँ तिम्रो अपमान हुदैछ
पाखण्ड हरु बाट तानातान हुदैछ
यक्छिन तिमी हराउँदा यहाँ
परिवार भित्रै हानाहान हुदैछ!!

मठ मन्दिर हराउन थाले
पापी दुष्ट कराउन थाले
तिम्रो त्यो पवित्र स्थान लाई तोडेर
मांसपेशी गराउन थाले!!

हे सनातन तिमी कहाँ छौँ ?
यहाँ तिम्रो अपमान हुदैछ,
अन्य जातकै गुणागान हुदैछ
तिम्रै नामको श्मशान हुदैछ!!

भन्छन तिमी लुक्यौ रे
हार खाएरै चुक्यौ अरे
मूल्य नभाको नदि सरि
ओभाएर सुक्यौ रे
हे सनातन तिमी कहाँ छौ ?
यहाँ तिम्रो अपमान हुँदैछ,
तिम्रो कृति भुइँमा चुँदैछ!!

आफू आफै ढाट्न आँटे
धर्म अर्कै साट्न आँटे
बिर्सिएर आफ्नो पन लाई
अर्कै लाई चाट्न आँटे
हे सनातन तिमी कहाँ छौ ?
यहाँ तिम्रो अपमान हुँदैछ
तिम्रो धर्ती एक्लै रुँदैछ!!

तिम्रो नामको निशान हरायो
यहाँ बेग्लै शासन करायो
यक्छिन तिमी हराउँदा यहाँ
न मर्नु न बाँच्नु गरायो!!

हे सनातन तिमी कहाँ छौँ ?
यहाँ तिम्रो अपमान हुदैछ
पाखण्ड हरु बाट तानातान हुदैछ
यक्छिन तिमी हराउँदा यहाँ
परिवार भित्रै हानाहान भईरहेकाे छ !!

प्रलाद खड्का इटहरी (नेेपाल) 

 

 

प्रकाशित मितिः शुक्रबार, मंसिर २१, २०७५     2:34:41 AM  |

प्रतिक्रया दिनुहोस्