19 January 2019  |   शनिबार, माघ ५, २०७५

नेपाल आइडल’ सिजन टु को फाइनल नेपालमै  हुने, तर कहिले ?

    | प्रकाशित मितिः मङ्लबार, मंसिर २५, २०७५  

काठमाडौं । एपीवान टेलिभिजन बाट प्रशारण भैरहेको सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’ सिजन टु को फाइनल नेपालमै  हुने भएको छ । गत वर्षको ‘नेपाल आइडल’ सिजन वनको फाइनल कतारको दोहामा भएको थियो ।

अन्नपूर्ण मिडिया नेटवर्कका मेनेजिङ डाइरेक्टर लक्ष्मीप्रसाद पौडेलका अनुसार पुस ६ गते फाइनल काठमाडौं अथवा पोखरा मध्ये एक ठाउँमा हुनेछ । यद्यपि उनले अहिले उपयुक्त स्थान खोज्ने काम भइरहेको पौडेलले बताए ।

नेपाल आइडलमा अहिलेसम्म पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड गरि चार जना प्रतिस्पर्धी बाँकी छन् । अब एक जना प्रतिस्पर्धाबाट बाहिरिए पछि तीन जनाले ग्राण्ड फिनालेका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल आइडल’को निर्णायकका रुपमा न्युह् बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी छन् । सिजन वनमा पनि उनीहरु नै निर्णायक थिए । होस्टमा गत शिजनमा सुशील नेपाल र रिमा विश्वकर्मा रहेकोमा अहिले सुशीलको ठाउँका आशिफ शाह छन् ।

सिजन वनमा गाला राउण्डमा पुगिसकेपछि दर्शकको भोटका आधारमा प्रतिस्पर्धीको निर्णय गरिएको थियो । तर, यो सिजनमा भने परिमार्जन गरेर गाला राउण्डमा पनि निर्णायकमा ५० प्रतिशत अधिकार राखिएको छ ।

‘नेपाल आइडल’ सिजन–२ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् ।

प्रकाशित मितिः मङ्लबार, मंसिर २५, २०७५     9:03:24 PM  |

प्रतिक्रया दिनुहोस्