13 June 2019  |   बिहिबार, जेष्ठ ३०, २०७६

नायक विजयको अभिनयमा “हार्नु मैले’ (भिडियो सहित)

    | प्रकाशित मितिः शनिबार, मंसिर २९, २०७५  

काठमाडौं, २९ मंसिर । नायक विजय के.सी.को अभिनय रहेको ‘हार्नु मैले’ बोलको आधुनिक गीत बजारमा आएको छ ।


जुनसुकै विधाको गीतमा अभिनय गर्न सक्ने अब्बल क्षमता भएका नायक हुन् विजय के.सी.। उनले अभिनय गरेका कसैले साथ दिन खोज्दैन, हाँस्न कति गाह्रो हुन्छ, तस्बिर छोएँ, तिम्रो दिलमा, मनैमा फूलौली, पाहुना रहेछौ सानू, तिमी आउ नआउ लगायतका गीतहरू चर्चामा छन् भने उनले अभिनय गरेको चलचित्र नेटवर्क एक वर्षअघि रिलिज भएको थियो । नायक विजय अभिनेताका अलावा मिडियाकर्मी पनि हुन्, उनी होराइजन मिडिया एण्ड टिभीमा टिभी कार्यक्रम सञ्चालन गर्दछन् ।
उनै नायक के.सी.ले नरेश खड्काको शब्द, सन्तोष श्रेष्ठको संगीत र कृष्णभक्त राईको आवाजमा रहेको ‘हार्नु मैले’ बोलको आधुनिक गीतमा पनि अभिनय गरेका छन् भने उनलाई अभिनयमा संगीताले साथ दिएकी छन् ।
महेश महराले छायांकन गरेको यस गीतको म्युजिक भिडियोलाई नरेन्द्र धामीले निर्देशन र सम्पादन गरेका हुन् । गोल्डेन क्रियशन प्रा.लि.को उत्पादन गरेको यो गीतको म्युजिक भिडियो म्युजिक नेपालको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

नायक विजय के.सी. लगायत यस गीतका सम्पूर्ण युनिटलाई हिमाली टाइम्स डटकमको तर्फबाट सफलताको शुभकामना ।

भिडियो हेर्नुहोस् :

प्रस्तुति – दिपेनजी हमाल ‘दीपित’

प्रकाशित मितिः शनिबार, मंसिर २९, २०७५     8:02:49 AM  |

प्रतिक्रया दिनुहोस्