23 March 2019  |   शनिबार, चैत्र ९, २०७५

नेपालमैं पहिलो सर्वाधिक पुरुस्कार राशीको गायन प्रतियोगिता ‘नेपाल लोक स्टार’ हुदै, विजेताले ५० लाख पाउने

    | प्रकाशित मितिः आइतवार, पुस १, २०७५  

काठमाडौं । सिङगिङ रियालिटी शो नेपाल लोक स्टार आयोजना हुने भएको छ । फागुनको पहिलो हप्ताबाट प्रशारण हुनेगरी सिङगिङ रियालिटी शो नेपाल लोक स्टार हुन लागेको हो । चाहाना मिडियाले आयोजना गर्न लागेको सिङगिङ रियालिटी शो नेपाल लोक स्टारका विजेताले नगद रु ५० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । 

३० वटा श्रृंखला प्रशारण हुने कार्यक्रम एपीवान एचडी टेलिभिजन, नेपाल टेलिभिजन, प्राइम टेलिभिजन र सुसेली टेलिभिजनबाट प्रशारण हुनेछ । कार्यक्रमको निर्णायकमा लोकगायक तथा कलाकार जयनन्द लामा, संगीतकार, गायक, तथा संगीत संयोजक बिबि अनुरागी, गायक रामजी खाँड र गायिका सुनिता दुलाल रहेका छन् ।

सातवटै प्रदेशबाट प्रतिस्पर्धी छनोटका लागि अडिसन लिइने छ भने नेपाल लोक स्टारको मोवाइल एपबाट पनि भिडियो अडिसन दिन सकिने छ । अडिसनका लागि सहभागीले एक हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ । माघको पहिलो साता पहिलो अडिसन लिन प्रत्येक प्रदेशमा आउने आयोजकले जनाएको छ ।

प्रतिस्पर्धी छनोटको अधिकार उत्कृष्ठ ५० सम्म निर्णायकको हात रहनेछ भने ५० देखि ३० सम्म ८० प्रतिशत निर्णायकमा र २० प्रतिशत दर्शकको भोटमा रहनेछ । ३० बाट २० सम्म ६० प्रतिशत निर्णायक र ४० प्रतिशत भोटिङमा अधिकार रहने छ । २० बाट १० सम्म ५०∕५० प्रतिशत निर्णायक र दर्शकको भोटिङमा अधिकार रहनेछ भने १० बाट फाइनलसम्म सम्मपूर्ण अधिकार दर्शकको भोटमा रहने आयोजकले जानकारी दिएको छ । कार्यक्रमको सल्लाहकारमा लोक सम्राट कुमार बस्नेत र पत्रकार ऋषी धमाला रहेका छन् । 

आधुनिक विधालाई केन्द्रित गरी संचालित विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण ‘नेपाल आइडल’मा प्रथम हुनेलाई ३० लाख पुरस्कार छ भने ‘भ्वाइस अफ नेपाल’मा २५ लाख रुपैयाँ पुरस्कार राशी छ ।

प्रकाशित मितिः आइतवार, पुस १, २०७५     10:06:01 PM  |

प्रतिक्रया दिनुहोस्