23 March 2019  |   शनिबार, चैत्र ९, २०७५

नेपालगंज मेयरकप साइकल दौड प्रतियोगिता’ को उपाधि नुवाकोटका बुद्धिबहादुर तामाङलाई

    | प्रकाशित मितिः शनिबार, पुस १४, २०७५  

बाँके। नेपालगन्जमा आयोजना भएको नेपालगन्ज दोस्रो मेयर कप साइकल दौड प्रतियोगितामा नुवाकोटका बुद्धिबहादुर तामाङले उपाधि जितेका छन्। उनले एक घण्टा ५७ मिनेटमा निर्धारित ५५ किलोमिटर दूरी पार गरी उपाधि जितेका हुन्। 

नेपालगन्जको विपी चोकबाट सुरु भएको दौड कोहलपुर–च्यामा चोक–सम्झनाचोक–खजुरा चोक–धम्बोझी हुँदै पुनः विपी चोक फर्किएको थियो। प्रोफेसनलतर्फ ५५ किलोमिटर साइकल दौड प्रतियोगितामा रुकुमका हिक्मत बिक दोस्रो र जाजरकोटका टेकबहादुर बस्नेत तेस्रो भएको आयोजकले जनाएको छ।  प्रोफेसनल तर्फको साइकल दौडमा पहिलो, दोस्रो र तेस्रो हुने विजेताले क्रमशः ३५ हजार, ३० हजार र २५ हजार बराबरको साइकल पुस्कार पाएका छन्।

साधारण विधातर्फ २५ किलोमिटर साइकल दौड प्रतियोगिताअन्तर्गत पुरुषतर्फ राप्तीसोनारी गाउँपालिका ६, फत्तेपुरका जङ्गु थारु प्रथम, जितेन्द्र चौहान द्वितीय र सुमन चौधरी तृतीय भए नेपालगन्ज साइक्लिङ क्लवका सचिव गगन थापाले जानकारी दिए। विजेतालाई क्रमशः २५ हजार, २० हजार र १५ हजार मूल्य बराबरको साइकल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।  नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमसेर राणाले उद्घाटन गरेको प्रतियोगितामा १३३ जनाले प्रतिष्पर्धा गरेका थिए।

बिजेतालाई नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. राणा, उपप्रमुख उमा थापा मगर, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली, नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष केशरबहादुर आलेले साइकल, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए।

प्रकाशित मितिः शनिबार, पुस १४, २०७५     8:49:27 PM  |

प्रतिक्रया दिनुहोस्