17 June 2019  |   सोमवार, असार २, २०७६

२०१८ मा युएईमा १०३ नेपालीको मृत्यु

    | प्रकाशित मितिः सोमवार, पुस १६, २०७५  

काठमाडौँ । सन् २०१८ मा संयुक्त अरब इमिरेट्स (युएई) मा विभिन्न कारणबाट १०३ नेपाली कामदारको मृत्यु भएको छ ।मृत्युहुनेमा आठ महिला र ९५ पुरुष रहेको आवुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

मृतकमध्ये तीन महिला र ४४ पुरुषको प्राकृतिक कारण, तीन महिला र ३० पुरुषको आत्महत्या तथा दुई महिला र २१ पुरुष कामदारको दुर्घटनामा परेर मृत्यु भएको हो ।

मृतकमध्ये सूर्य विक, अमृतबहादुर कार्की, सिर्जना बराल र अशोक भट्टराईको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ । उनीहरुको मृत्युका कारणबारे अध्ययन भइरहेकाले शव पठाउन ढिलाइ भएको र छिट्टै नेपाल पठाइने दूतावासले जनाएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्
प्रकाशित मितिः सोमवार, पुस १६, २०७५     10:30:28 PM  |

प्रतिक्रया दिनुहोस्