23 March 2019  |   शनिबार, चैत्र ९, २०७५

आगामी वर्ष सुपर लिग फुटबल प्रतियोगिता ,सात प्रदेशका फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुने

    | प्रकाशित मितिः मङ्लबार, पुस १७, २०७५  

काठमाडौं।अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी वर्षको सुरुवातमा नेपाल सुपर लिग फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।सात प्रदेशका फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुने प्रतियोगिता सिंगल राउन्ड रोबिनको आधारमा हुनेछ।

सहभागी टिमको नाम पछि सार्वजनिक गरिने र टिममा सम्बन्धित प्रदेशमा रहेको कर्पोरेट आउटको संलग्नतामा प्रदेशका उत्कृष्ट फुटबल टिम बनाइने एन्फाको भनाइ छ। ए डिभिजन लिगमा सहभागी १४ क्लब मध्येबाट उत्कृष्ट प्रदर्शन गरेका १ सय ४० खेलाडी छनोट गरिनेछ। सबै प्रदेशलाई समान रुपमा खेलाडी प्रदान गरिने एन्फाले जनाउको छ।

 टिमले पायक पर्ने न्यूनतम भौतिक पूर्वाधार भएको प्रदेशमा खेल संचालन हुनेछ। सुपर लिगमा २१ खेल लिग म्याच र ४ प्ले अफ गरी २५ खेल हुनेछन्।

प्रतियोगिता आगामी बैशाख र जेठमा आयोजना हुने एन्फाले जनाएको छ। सुपर लिग आयोजनाका लागि एन्फा र नेपाल स्पोट्स एन्ड इभेन्ट मेनेजमेन्टबीच सम्झौता भएको छ। एन्फाको आयोजना हुने प्रतियोगिताको व्यवस्थापन स्पोर्टस एन्ड इभेन्ट मेनेजमेन्टले गर्नेछ।

यस्तै एन्फासँगको सहकार्यमा नेपाल स्पोर्टस एन्ड इभेन्ट मेनेजमेन्टले विद्यालय स्तरिय प्रतियोगितामा पनि संचालन गर्नेछ। प्रतियोगितामा विभिन्न जिल्लाका ११ उत्कृष्ट टिमबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा ५५ खेल हुनेछ। हरेक साताको अन्तिम दिन म्याच संचालन हुने प्रतियोगिता करिव ६ महिना चल्नेछ।

प्रकाशित मितिः मङ्लबार, पुस १७, २०७५     11:40:17 PM  |

प्रतिक्रया दिनुहोस्