21 March 2019  |   बिहिबार, चैत्र ७, २०७५

बाँकेका सबै स्थानीय तहमा नेपाल शिक्षक महासंघको समिति गठन

    | प्रकाशित मितिः शनिबार, पुस २१, २०७५  

कोहलपुर । बाँकेका सबै स्थानीय तहमा नेपाल शिक्षक महासंघ  गठन भएका छन्। शिक्षकहरुको पेशागत संस्थाहरुको छाता संगठनका रुपमा स्थानीय तहसम्म शिक्षक महासंघ संरचनामा आएपछि समिति गठन गरिएको हो ।

नेपालगन्जमा शनिबार सम्पन्न शिक्षक महासंघको पहिलो जिल्ला/नगर /गाउँपलिकको अधिवेशनले नेपाल शिक्षक महासंघ बाँकेको अध्यक्षमा पवन यादवलाई सर्वसम्मत निर्वाचित गरेको जनाएको छ । यसैगरी मनोजराजा श्रीवास्तवको  अध्यक्षतामा नेपालगन्ज उपमहानगर समिति  गठन गरिएको बताइएको छ ।

यता कोहलपुर नगरपालिकामा रामप्रसाद चापागाइ,राप्तीसोनारी गाउँपालिकामा मोहन खत्री, डुडुवामा भुपेन्द्र रेग्मी, जानकी गाउँपालिकामा द्रोण थापा,खजुरा गाउपालिकामा केशवराज लामिछाने, बैजनाथ गाउँपालिकामा पहलमान वली र नरैनापुर गाउँपालिकामा शशीराम वलीको अध्यक्षतमा शिक्षक महासंघ स्थानीय तहको समिती चयन गरिएको छ ।

स्थानीय तहमा गठित यी समितिले समग्र रुपमा शिक्षकको पेशागत हकहित ,सुरक्षा र अधिकारका निम्ति काम गर्नेछन् ।

प्रकाशित मितिः शनिबार, पुस २१, २०७५     9:34:49 PM  |

प्रतिक्रया दिनुहोस्