17 June 2019  |   सोमवार, असार २, २०७६

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र

    | प्रकाशित मितिः सोमवार, पुस २३, २०७५  

काठमाडौं । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सोमबार गृहमन्त्री रामबहादुर थापालाई  पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

नेपालीलाई नेपाली हुनुको गर्व सहित नाम र पहिचान दिएका राष्ट्र निर्मातालाई राज्यको तर्फबाट सम्मान हुनुपर्ने माग सहित सिंहदरबारस्थित गृहमन्त्रीको कार्यकक्ष पुगेर थापालाई संगठनले ज्ञापनपत्र दिएको हो ।

संगठनका अध्यक्ष महेशबहादुर सिंह नेतृत्वको संगठनले राष्ट्रिय एकता दिवसलाई पर्वको रुपमा मनाउन माग समेत गरेको छ ।

केही दिन अघि बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको विस्तारित बैठकले पनि राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिन र राष्ट्रिय पर्वको रुपमा मनाउन माग गरेको थियो ।

 

प्रकाशित मितिः सोमवार, पुस २३, २०७५     6:54:21 PM  |

प्रतिक्रया दिनुहोस्