11 June 2019  |   मङ्लबार, जेष्ठ २८, २०७६

मुलुकमा सैनिक शासनको निम्ति पांचायन पुजा !

    | प्रकाशित मितिः मङ्लबार, पुस २४, २०७५  

राकेश कुमार शर्मा

विक्रम सम्वत २०७२ साल असोज ३ गते जारी संविधान मरिसकेको छ । संघीयता हाम्रो मुलुकका लागि घातक छ । प्रदेशको मुख्यमन्त्री ,मन्त्रीहरु र नगरप्रमुख(मेयर )हरुलाई करोडौंको विलासी गाडी चढ्नलाई मात्र संघीयता आएको हो र ? विक्रम सम्वत २०५२ साल देखि आजसम्म मुलुक संक्रमणकाल अवस्थाबाट गुज्रिरहेकोे छ । पहिले ६०१ सभासदहरुले राष्ट्रको ढुकुटी रित्याए । अब ८८४ जना सांसदहरुले राष्ट्रको ढुकुटी रित्याएर राष्ट्रलाई बर्बाद पारे ।

संघीयताको नाममा राष्ट्रको ढुकुटी रित्याए । विक्रम सम्वत २०६२÷०६३ साल पछि प्रधानमन्त्री ,मन्त्री ,सांसद र राजनीतिक दलका नेताहरुको कारण राष्ट्रको स्वाधीनता धरापमा परेको छ । यसकारण आज सैनिक शासनको आवश्यकताका लागि पांचायन पुजा गरिएको हो । दण्डहिनताको अन्त्य गर्न, मनपरीतन्त्र र छाडातन्त्र आदि आदि जस्ता विकृतिहरु हटाउन राष्ट्रहित ,जनहित र राष्ट्रको विकासको लागि बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह, श्री ३ जंग बहादुर राणा जस्ता सैनिकको आवश्यकता रहेकोे छ । प्रधानमन्त्री,मन्त्री, सांसद र राजनीतिक दलका नेताहरुले निकास नदिएर राष्ट्रलाई अनिर्णयको बन्दी बनाई रहेका छन ।

राष्ट्रको ढुकुटी रित्तो गर्न र ढुकुटी भागबन्डा लगाउन सत्तापक्ष र प्रतिपक्ष केही पनि भन्दैनन् एक मत र एक ढिक्का हुन्छन् । राष्ट्रलाई निकास दिनुर्पयो भने सत्तापक्ष र प्रतिपक्ष भन्दछन । सबै अलग–अलग कित्तामा र फरक–फरक मत राख्छन् किन ? यसकारण दण्डहिनताको अन्त्य गर्न, मनपरीतन्त्र र छाडातन्त्र आदि आदि जस्ता विकृतिहरु हटाउन राष्ट्रहित र राष्ट्रको विकासको लागि बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह ,श्री ३ जंग बहादुर राणा जस्ता सैनिकको आवश्यकता रहेको छ । हाम्रो देश डुब्न लाग्यो सेना लौ न बचाई देउ । हाम्रो देश डुब्न लाग्यो सेना लौ न बचाई देउ । हाम्रो देश डुब्न लाग्यो सेना लौ न बचाई देउ !

विश्वकको एक मात्र हिन्दु राष्ट्र रहेको नेपाल हाम्रो मुलुक थियो । प्रधानमन्त्री, मन्त्री,नेताहरु र सभासद (सांसद) हरुले अर्बौ खर्बौ डलर खाएर हिन्दु राष्ट्रलाई हटाएर जर्बजस्ती धर्म निरपेक्षता लादे र पाँच वटा विकाश क्षेत्रबाट सात वटा प्रदेश बनाए । काठमाडौंको राजधानीलाई आजसम्म व्यवस्थित र व्यवस्थापन गर्न नसक्नेहरुले प्रदेश राजधानीको व्यवस्थापन कसरी गर्न सक्छन् ?

परिवर्तनको नाममा नेताहरुले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको खिल्ली उडाए । उदाहरणका लागि अमेरीका, भारत र चाईना आदि आदी जस्ता मुलृुकहरुलाई प्रजातान्त्रिक र गणतान्त्रिक मुलुक भनिन्छ ।
जग्गाको भु–भाग, हेक्टर र जनसंख्या बढि भएका विशाल मुलुकहरु अमेरीका, भारत र चाईना आदि आदि जस्ता मुलुकहरुका लागि संघीयता उपयुक्त छ । तर हाम्रो मुलुक नेपालको जग्गाको भु–भाग, हेक्टर र जनसंख्या भारतको बिहार प्रान्त÷ राज्यको पटना जत्रो सानो आकारको छ । यसकारण हाम्रो मुलुकमा संघीयताको आवश्यकता छैन । हाम्रो मुलुक नेपालको लागि संघीयता अफाब र घातक छ । संघीयताले मुलुकलाई असफल राष्ट्र बनाउँदै छ ÷बनाउँछ । सधैंभरि मुलुक संक्रमणकाल अबस्थाबाट गुज्रीेरहने हो भने अव हामो मुलुक नेपाल असफल राष्ट्रमा घोषित हुन बेर छैन निकट छ ।

एक्काईसऔं शताब्दीमा पनि आम नेपाली नागरीकहरुलाई जनचेतना र सचेतना नआएकोले हाम्रो मुलुकमा आर्थिक उन्नति र विकास नभएको हो । जुन मुलुकमा नागरकिहरु सचेत र जागरुक छन् । त्यस मुलुकमा आर्थिक उन्नति र विकास भई दिन प्रति दिन मुलुकले फड्को मारिरहेको अवस्था छ । हाम्रो मुलुकका नागरीकहरु सचेत र जागरुक नभएकोले यहाँ नेताहरुले आफु मन लाग्दो र मनपरी काम गर्दै नागरकिहरुलाई झुक्याई रहेका छन् । नेपाली नागरीकहरुमा जनचेतना, सचेतना र जागरुकताको कमी छ । यसकारण नेपाली नागरीकहरु सचेत र जागरुक हुन जरुरी रहेको छ ।

अन्ततः अब मुलुकलाई बचाउनका लागि सैनिक शासन जरुरी छ । त्यसैले यहीँ २०७५ साल पौष २५ गते बिहान ९ः३० बजे जिल्ला काठमाडौको भद्रकाली मंदिर नजिक सैनिक शासनको आवश्यकताका लागि पाञ्चायन पुजा गर्न लागिएको छ ।

 

प्रकाशित मितिः मङ्लबार, पुस २४, २०७५     8:04:59 AM  |

प्रतिक्रया दिनुहोस्