23 March 2019  |   शनिबार, चैत्र ९, २०७५

कर्णालीमा शिक्षा र स्वास्थ्यमा सहयोगार्थ दक्षिण कोरियामा रारा ग्रुप्स डान्स पार्टी

    | प्रकाशित मितिः बुधबार, पुस २५, २०७५  

दक्षिण कोरिया। कर्णाली प्रदेशका विकट जिल्लामा शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा सहयोगार्थ दक्षिण कोरियामा डान्स पार्टीको आयोजना हुने भएको छ ।

दक्षिण कोरियाको नयाँ वर्ष सलनालको अवसर पारी सुर्खेत समाज, दक्षिण कोरियाले फेब्रुअरी ३ तारिख, आइतबार साँझ ‘रारा ग्रुप्स डान्स पार्टी’ को आयोजना गर्ने भएको हो । “हामी स्वदेश हौं वा विदेश, प्राण भन्दा प्यारो हाम्रो कर्णाली प्रदेश” भन्ने मुल नाराका साथ आयोजना हुने कार्यक्रमबाट संकलित रकम कर्णालीका विकट जिल्लामा देखिएको स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा सहयोग गरिने आयोजकले जनाएको छ ।

द. कोरियाको राजधानी सउलको दोङ्देमुन (동대문) नजिक छाछा नाइट क्लब, लाइन नं. ६ सिन्दाङ् स्टेशन गेट नं. १२ नजिक (차차 나이트, 신당 역 gate no:12) मा डान्स पार्टीको आयोजना हुनेछ। चर्चित DJ BitDJ SYN को साथमा आयोजना हुने डान्स पार्टी साँझ ८ बजेदेखि भोलिपल्ट बिहानसम्म चल्नेछ। डान्स पार्टीका लागि १५,००० कोरियन वन प्रवेश शुल्क निर्धारण गरिएको छ। कान्तिपुर रेष्टुरेन्ट, नाङ्लो रेष्टुरेन्ट र कुमारी भान्साघरले डान्स पार्टीको प्रायोजन गरेका छन् भने हिमाली टाइम्स डटकमलाई मिडिया पार्टनरको जिम्मा दिइएको छ।

जब सवाल प्रदेशी भुमीमा समाज र नेपाली एकताको उठ्दछ हामी सधैं एकताबद्ध भएर अघि बढ्नुपर्दछ, जुन एकताले तपाई हाम्रो माया, सदभाव र नेपालीको शान सहितको पहिचान हुनेछ । तसर्थ कोरियाबासी नेपाली सबै एक भएर रारा ग्रुप्स डान्स पार्टीमा गरिमामय उपस्थिती जनाई सफल पारिदिनको लागि समाजका प्रथम उपाध्यक्ष ललित पौडेलले अनुरोध गरेकाे छन्।

प्रकाशित मितिः बुधबार, पुस २५, २०७५     4:23:42 PM  |

प्रतिक्रया दिनुहोस्