23 March 2019  |   शनिबार, चैत्र ९, २०७५

पश्चिमा मिसिनरीले खेलाएको मेरो देश !

    | प्रकाशित मितिः बुधबार, पुस २५, २०७५  


विनय कुमार गौतम
स्वाभिमानी नेपाली राष्ट्रिय एकतामा आवद्व भई एकतावद्द रूपमा मिलेर बसेको नेपालीहरूलाई बाह्र बुँदेपछि माओवादीले के- के न गरौला भनेेझै जात जातमा बाँडेर ठाऊँमा लिम्बुवान, नेवा,मगरात,खम्वुवान,खस,दलित, मधेसी,थारूवान र तामसालिङमा बाँडे । तत्कालिन अवस्थामा माओवादीले जनता झुक्याएर यसको भर्पुर फाईदा लिए तर हाल सत्तामा पुगेपछि यसबारे वास्तै गरेन । जसले गर्दा आज जातजाति र समुदाय बिच फाटो र तिक्तता बढायो र राज्य नपाएर हिस्स बुढि खिस्स दाँत भयो ।

दोस्रो रूपमा पश्चिमाको एजेण्डा बोकेर कम्युनिस्टको सहायताले दलित र गरिब तथा निमुखा जनतालाई पैसाको लालचमा धर्म परिवर्तनको दवाव दिईयो । मुख्य रूपमा यिनीहरूले चीनसँग जोडिएको हिमाली भेगमा धर्म परिवर्तनको अभियान चलाए । वैदिक सनातन तथा बुद्विष्ट धर्मको बाहुल्यता भएको मनाङ र मुस्ताङ जस्तो ठाउँमा समेत धमाधम चर्च निर्माण गरि सोझा नेपालीलाई आकर्षित गरे । प्रत्येक चर्चमा हेर्ने हो भने त्यहाँका प्रभुत्व भएको जातिलाई नै पास्टर तथा मुख्य जिम्मेवारी दिएको देखिएको छ । नेतृत्वलाई नै मुख्य भुमिका र पास्टर बनाए पछि सोझा तथा लाटा जनतालाई स्वतः आकर्षित गरि धर्म परिवर्तन गर्न सहज भएको छ ।

ठुला जाति तथा प्रभुत्व जातिबाट हेपिएका र पेलिएका भनि दलित समुदायलाई ईसाइ भए सबै बराबर हुन्छ हेपिन र पेल्लिन पर्दैन भन्दै ईसाई बनाए तर उपाध्याय बाहुन र अन्य ठालु बाहुनलाई पैसा सुँघाई पास्टर बनाए । त्यहाँ पनि सबै बराबर हुने अासमा दलित तथा निमुखा जतिले होली वाटरको नाममा प्यारासिटामोल मिस्रित पानि भने बाहुनको हातबाटै खान पर्ने अवस्था छ , यसको तात्पर्य बाहुनको हातमै डाडु पन्यौ पर्यो । त्यहि दलितलाई दलाउने बाहुन ईसाई धर्ममा पनि दलितलाई नै घुमाउने स्थानमा छन् । के-के न पाउँछु भन्दै ईसाई भएकाले खालि पश्चिमालाई मात्र फाईदा पुर्याएको विश्लेषण गरिएको छ । नेपाल धर्म र भौगोलिक हिसाबले पनि महत्त्वपूर्ण ठाउँमा छ । चीन र भारत बिचमा दुई ढुङ्गा बिचको संबेदनसिल तरूल वैदिक हिसाबले अत्यन्त महत्त्वपूर्ण मानिन्छ,जो एक मात्र हिन्दु अधिराज्य थियो ।

विश्वको नजरमा चीन र भारत महत्त्वपूर्ण भुभागको बिचको भागमा बसेर पश्चिमाले अाफ्नो हिसाबले दुबै राष्ट्रमा खेल्न सहज हुन्छ भने धर्मको नाममा बसेर भारतलाई उपयोग गर्न सकिन्छ । त्यसै कारणले गर्दा यहाको स्थायी शक्ति राजसंस्थालाई बहिष्कृत गरि गणतन्त्र स्थापना गरे भने राजसंस्था वैदिक सनातनको परिपुरक भएकोले हिन्दु अधिराज्य पनि संबिधानबाट हटाउन लगाईयो पश्चिमाले आफ्नो कठपुतली प्रयोग गरि । जनतालाई यस्ता तत्वलाई जिताउनु नै केके न पाउला भन्दा पनि आकासको फल आखा तरि मर भन्ने झैँ भयो । करिव बहुमत प्रतिशत  जनताको प्रतिनिधि जति अाज पैसाको लालचमा आफ्नो कुल धर्म छोडि ईसाई भईसकेका छन् ।

पश्चिमाको डिजाईन अनुरूप देशलाई अस्थिरतामा लान देशलाई संघीयतामा लगियो , पाँच बिकासलाई सात प्रदेश र ७५ जिल्लालाई ७७ जिल्लामा पुर्याई गाँउगाउँमा सिंहदरबार पुर्याउने भन्दै हजारौंको संख्यामा प्रतिनिधि पुर्याई व्यापक भ्रष्टाचार गर्न उक्स्याईयो । जस कारण जनताले समृद्धि र शान्ति पाउने नाममा ठगिए र पुर्पुरोमा हात लगाएर बस्न पर्ने अवस्था भयो । अहिले पत्रपत्रिकामा हेर्ने हो भने खान नपाएका जनताका प्रतिनिधिको खाईलाग्दो अनुहार देखिन्छ भने ठुलाठुला उद्ध्योग तथा कलकारखानामा यिनीहरूको नै बर्चश्व देखिन्छ । धर्म र राजसंस्था बाकेको पार्टि राप्रपालाई निस्कृय पार्न भित्रभित्रै पार्टिका ठुला नेतालाई किनी मिसिनरिले क्ष्यतबिक्ष्यत बनाए । जसका कारण धर्म र राजसंस्थाको मुद्वा कमजोर हुन पुग्यो । उत्कृष्ट संविधान भनेर बेलायतमा घोक्रो सुकाएर भनेको केही बर्ष यता आएर फेरि देशमा राजसंस्था र बैदिक सनातन हिन्दु अधिराज्यको बिकल्प अरू कुनै छैन भन्ने बाध्यता आईपर्यो ।

एकीकृत राप्रपा टुक्रिएर चुनावमा गएपछि पार्टि चुनावको नतिजाले भुईमा पछारिए पछि बल्ल चेत खुलेछ क्यार अब फेरि धर्म राजसंस्थाको मुद्दालाई ग्राह्यता दिई आगामी आन्दोलनको तयारी गर्दैछन् । कुकुर र बिराला जस्ता  झगडालु स्वभावको दुई पार्टी एक भइ लडि कम्युनिस्ट शासनको दुई तिहाई ल्याउन सफल भए र जनताको मन जित्ने खाले एजेन्डा दिए । एक जना अध्यक्ष अर्को प्रधानमन्त्रीको पदमा अासिन भई सरकार चलाउन थाले । राष्ट्रबादीको संज्ञा पाएका केपि हाल आएर अत्यन्त असफल भईरहेका छन् ।

जनतासँग गरेको बाचा पुर्याउन नसक्नु एउटा महत्त्वपूर्ण बिषय छ भने धर्म परिवर्तन गर्ने उद्वेश्यको कार्यक्रम सञ्चालनमा आफै सहभागी हुनू अर्को दुर्भाग्यपूर्ण बहस छेडिएको छ । जनतालाई यस बिषयले साह्रै नै मरमाहत पुर्याएको छ भने अर्को चरम भ्रष्टाचार र अपराधिक गतिविधि तथा बलात्कारको घटनाले जनतामा निरास छाईसकेको छ । जनताले नकारेको राजसंस्था अाजको दिनमा आएर फेरि सान्दर्भिक बहसको पाटो हुन थालेको छ , राजा ज्ञानेन्द्र जनताको खोजीको बिषय हुन थालेको महशुस हुन थालेको छ । गद्दी  त्याग गरेर बसेका राजा अाज जनताको गुनासो सुन्न विभिन्न स्थानको भ्रमणमा निस्कन बाध्य भएका छन् ।

जनताको अपार भिडले राजालाई घेरेर आफ्नो गाउँठाउँमा स्वागत गर्दै राष्ट्र जोगाउन भुमिका खेल्न अाग्रह गर्दैछन् । बिदेशी दलालको मुटुको ढ्याङ्ग्रो ठोक्किन लागेको छ राजाको अपार वाहवाहीले , नेताहरू अत्तलिदै राजालाई सत्तो सराप गर्दैछन् । भोलीको दिन देख्न नपाउला झैँ चरम भ्रष्टाचारमा लिप्त हुन थालेका छन् । देशको सम्पूर्ण निकायहरू अस्तव्यस्त छ । जनताले फेरि एकचोटी परिवर्तन खोजेको आभास हुँदैछ ।

घरघरबाट जनता जागरुक हुँदै छन् , सिंगो नेपालको रक्षार्थ र सुरक्षार्थ राजसंस्थाको अपरिहार्यता जनताले मनन गर्दैछन् । मौलिक सभ्यता र राष्ट्रिय पहिचानको लागि बैदिक सनातनको कमि महशुस जनताले गर्दैछन् । जनता जागे अबश्य पनि सुखि र खुसि नेपालको भविश्य कोर्न सकिन्छ । अब जनताको चाहना राजसंस्था सहितको वैदिक सनातनी हिन्दु अधिराज्य हो जसको लागि जनता जुटीसके । जय गोरख ! जय पशुपतिनाथ ।

लेखक विनय कुमार गौतम कर्मनिष्ठ अभियन्ता हुन ।

प्रकाशित मितिः बुधबार, पुस २५, २०७५     8:03:21 PM  |

प्रतिक्रया दिनुहोस्