23 March 2019  |   शनिबार, चैत्र ९, २०७५

जासुस गरेको आरोपमा इजरायलका एकजना पूर्व मन्त्रीलाई एघार वर्षको जेल सजाय

    | प्रकाशित मितिः बिहिबार, पुस २६, २०७५  

जेरुसेलम । इजरायलका एकजना पूर्व मन्त्रीलाई इरानको लागि जासूस गरेको आरोपमा एघार वर्षको जेल सजाय सुनाउने तयारी भएको त्यहाँको न्याय मन्त्रालयले बुधबार जानकारी दिएको छ । 

गोनेन सेगेभ नामक यी मन्त्रीले गम्भीर रुपमा गुप्तचरी गर्दै सूचनाहरु इरानलाई दिएको मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

जेल सजाय आगामी फेब्रुअरी ११ मा सुनाइने प्रकाशित समाचारमा जनाइएको छ । सेगेभले सन् १९९५ बाट १९९६ सम्म उर्जा र निर्माण मन्त्रीको पद सम्हालेका थिए । यसअघि अन्य अपराधहरुको अरोपमा पनि सेगेभले सजाय भोगी सकेका प्राप्त समाचारमा जनाइएको छ ।

सन् २००४ मा करिब ३० हजार नशालु ट्याबलेट तस्करी गरेको र इजरायलबाट नेदरल्याण्डमा जान समयसीमा नाघेको राहदानीको प्रयोग गरेको आरोप उनीमाथि लागेको थियो ।

 

प्रकाशित मितिः बिहिबार, पुस २६, २०७५     5:38:51 PM  |

प्रतिक्रया दिनुहोस्