23 March 2019  |   शनिबार, चैत्र ९, २०७५

अबको पाँच वर्षभित्र कामका लागि कसैले विदेश जानू पर्दैन – मन्त्री विष्ट

    | प्रकाशित मितिः बिहिबार, पुस २६, २०७५  

पोखरा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अवको पाँच वर्षभित्र वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता अन्त्य हुने दावी गरेका छ्न ।

बिहीबार गण्डकी प्रदेशको पोखरामा श्रम तथा रोजगार कार्यालय उद्घाटन गर्दै मन्त्री विस्टले अब युवाहरूलाई स्वदेश मै रोजगारीको ग्यारेन्टी गरिने बताए । मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत लाखौँ युवालाई रोजगार दिने लक्ष्यका साथ कार्यक्रम ल्याउन लागिएकाले  उनले नेपालको जनशक्ति सदुपयोग गर्न सरकार दत्तचित रहेको भन्दै कृषिजन्य उद्योगको विकासका लागि मात्रै लाखौँ जनशक्ति चाहिएकाले विभिन्न क्षेत्रमा रोजगार सिर्जना गर्न सरकार प्रतिबद्ध भएर काम गरिहेको बताए ।

उनले संघीय सरकारले वैदेशिक रोजगारमा जानेको सुलभताका लागि सातवटै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना गर्न लागेको बताउँदै ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्न लागेको जानकारी गराए । उनले आर्थिक, सामाजिक र सांस्कृतिक पक्षका साथै शिक्षण, आवास र रोजगारलाई संविधानको मौलिक हकमा राखिएकाले यस विषयमा सरकार सजग रहेको र मुलुकको विकास निर्माणमा जनताको मिहेनत आवश्यक रहेको स्पष्ट पारे ।

सो अवसरमा मन्त्री विष्टले वैदेशिक रोजागारमा मकाउ जानुहुने नवलपरासीका खड्गबहादुर गुरुङ र युनाइटेड अरब इमिरेट्स जानुहुने चन्द्रबहादुर गुरुङलाई राहदानी प्रदान गरे ।

प्रकाशित मितिः बिहिबार, पुस २६, २०७५     5:45:12 PM  |

प्रतिक्रया दिनुहोस्