20 June 2019  |   बिहिबार, असार ५, २०७६

मुलुकको राष्ट्रियता सकसपुर्ण अबस्थाबाट गुज्रिएको पुर्वराजा शाहको भनाइ

    | प्रकाशित मितिः बिहिबार, पुस २६, २०७५  

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको राष्ट्रियता ,सार्वभौमसत्ता र राष्ट्रिय एकता सकसपूर्ण अवस्थाबाट गुज्रिएको जनाएका छन्।

२९७औं पृथ्वी जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै पुर्वराजा शाहले भुलेर,अल्मलिएर र आफ्नै अस्तित्वबोधबाट विस्मरण गर्दा देश सकसपूर्ण र कपटपूर्ण अवस्थामा आएको उल्लेख गरेका छन्।

पृथ्वीनारायण शाहको दिव्य उपदेश अनुरुप व्यवहार नगर्दा मातृभूमिको अस्तित्वमा घात-प्रतिघातको कालो बादल मडारिरहेको उनले जनाएका छन्।

राजनीतिक दलप्रति इंगित गर्दै शाहले वाद र विचारका आडमा नेपाली-नेपालीबीच फाटो पैदा गरेको आरोप लगाएका छन्।

‘दुराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पुर्‍याउने, अनुशासनहीनता र अराजकतालाई प्रोत्साहन गर्ने जस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनु हुँदैन,’ उनले सन्देशमा उल्लेख गरेका छन्।

प्रकाशित मितिः बिहिबार, पुस २६, २०७५     5:59:15 PM  |

प्रतिक्रया दिनुहोस्