19 January 2019  |   शनिबार, माघ ५, २०७५

प्रधानसेनापति ज्यु,पृथ्वी जयन्तीकै दिन आशीर्वाद थाप्न भारत जानुपर्ने किन ?

    | प्रकाशित मितिः बिहिबार, पुस २६, २०७५  

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको भारत भ्रमणको विषयलाई लियर सामाजिक संजालमा बहस चलेको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीका तथा राष्ट्रिय एकता दिवसकै दिन भोलिदेखि प्रधानसेनापति थापाले छ दिने भारत भ्रमण गर्नुहुने कार्यतालिका छ ।

भारत भ्रमण गर्नुनै हुन्न भन्ने होइन ,तर नेपाली सेनाबाटै संस्थापक पृथ्वीनारायण शाहको अपमान गराउने भारतको षडयन्त्र भएकाले भारतको निम्तोको समयलाई सार्नुपर्ने सुझाव विभिन्न व्यक्तित्वहरूबाट आएको छ ।

नेपाली सेनाको स्थापना बडामाहाराज पृथ्वीनारायण शाहले नै गरेका हुन उनैको जम्न जयन्ती तथा राष्ट्रिय एकता दिवश मनाउन छोडेर प्रधानसेनापति ज्युले आशिर्वाद थाप्न भारत जानू उपयुक्त नहुने भन्दै सामाजिक संजालमा टिकाटिप्पणी देख्न पाइन्छ ।

पृथ्वी जयन्तीका रूपमा मनाइने नेपाल एकीकरण दिवसको दिन पारेर नेपालका प्रधानसेनापतिलाई भारतले बोलाउनुको पछाडि नेपालमा नेपाली सेनाप्रति अविश्वास पैदा गराउने षडयन्त्रका रूपमा भारतले चालबाजी सामाजिक सन्जालमा टिप्पणी कर्ताले लेखेका छ्न ।

भारतले नै तय गरेको यो निम्तोको समयलाई प्रधान सेनापतिले पछि सार्नुपर्ने सुझाव पनि संजालमा देख्न पाइन्छ । टिप्पणी कर्ताले संजालमा सुझाव सहित भनेका छ्न – नेपालका लागि पृथ्वीनारायणको भन्दा ठूलो महत्व भारतको रहेको देखाउने र नेपालको सार्वभौमिकतामाथि हमला गर्ने योजनाका रूपमा प्रधानसेनापतिको यो भ्रमण तय गरिएको हो,यसलाई सेनाले गम्भीर रूपमा लिनुपर्छ ।

कतिपयले  प्रधानसेनापतिलाई फसाउन नेपालकै नेताहरुको यस्तो हर्कत हुनसक्ने आकलन सनेत गरेका छ्न । प्रधानसेनापति थापाले यस्तो कुकर्म अस्वीकार नगरे  आजीवन आलोचनाको सिकार बन्नुपर्ने ठोकुवा पनि गरेका छन् ।

नेपाल सरकारले

नेपाली
प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक भारत भ्रमणमा जान लाग्नुभएका थापा

समाचारमा जनाइए अनुसार प्रधानसेनापति थापा आफ्ना भारतीय समकक्षीस्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।

भ्रमणको क्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीयस्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट पुस २८ गते सम्मान गर्नुहुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ । प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ ।साथै उहाँले सेनाका समकक्षीस्थल सेनाध्यक्ष जनरल रावतसँग पनि द्विपक्षीय भेटघाट गर्नुहुनेछ ।

 

 

प्रकाशित मितिः बिहिबार, पुस २६, २०७५     8:57:25 PM  |

प्रतिक्रया दिनुहोस्