19 January 2019  |   शनिबार, माघ ५, २०७५

वीर गोर्खालीले नवलपरासीमा पृथ्वी जयन्ती भव्य रुपले मनाउदै,पुर्व माओवादी समर्थकको पनि बाक्लो उपस्थिति हुने

    | प्रकाशित मितिः बिहिबार, पुस २६, २०७५  

काठमाडौ । वीर गोर्खालीले भोली २९७ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशलाई एतिहासिक रुपले मनाउने भएको छ ।

राजतन्त्रसहित सनातन हिन्दु राष्ट्रको पुनःस्थापनाका लागि सक्रिय वीर गोर्खालीले राष्ट्र निर्माता शाहको जन्म जयन्तीका दिन नवलपरासीमा बृहत कार्यक्रमको आयोजना गरेको छ ।

राष्ट्रिय एकता दिवसका अबसरमा नवलपरासीका नवलपुर,गैंडाकोट ,दलदले लगाएतका स्थानवाट एकताको सन्देश सहित मोटरसाइकल र्याली निकालीले जनाएको छ । र्यालीले विभिन्न स्थानको परिक्रमा गरि जिल्ला सदरमुकाम कावासोतीमा भव्य कोणसभा गरिने वीर गोर्खालीले जनाएको छ ।

कोणसभालाई प्रमुख अतिथिको रुपमा गोबिन्द निरौलाले सम्बोधन गर्नेछ्न । यसैगरी विशेष अतिथीमा अभियन्ता दिपेन्द्र भण्डारी रहनेछन । कार्यक्रममा पूर्ब जनयुद्दकालिन माओवादी समर्थको समेत बाक्लो उपस्थित तथा आथित्यता रहनेछ ।

प्रकाशित मितिः बिहिबार, पुस २६, २०७५     9:49:50 PM  |

प्रतिक्रया दिनुहोस्