23 March 2019  |   शनिबार, चैत्र ९, २०७५

सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाह-प्रधानमन्त्री ओली

    | प्रकाशित मितिः शुक्रबार, पुस २७, २०७५  

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने बताएका छन् । शुक्रबार परेको २९७ औं पृथ्वीजयन्तिका अवसरमा एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्नेमा जोड दिए । 

“उहाँको एकीकरण अभियान अत्यन्त समयानुकूल थियो । पृथ्वीनारायणले सुरु नगरेको भएवा सुरु गरिसकेपछि पनि एकीकरण अभियान सफल नभएको भए स्वाधीन, सार्वभौम, आधुनिक राष्ट्रका रुपमा विश्व मान चित्रमा नेपाल उभ्भिनै सक्ने थिएन,”प्रधानमन्त्रीले भनेका छन्, “राष्ट्र एकीकरणको त्यो महाअभियान सफलनभएको भए त्यसबेला विश्वव्यापी रुपमा छाएको उपनिवेशवादको प्रभावबाट हाम्रो देश जोगिने पनि थिएन ।

”प्रधानमन्त्री ओलीले नेपाली जातिको गौरवशाली इतिहासको अत्यन्त महत्वपूर्ण घटनाक्रमका नायक पृथ्वीनारायणको योगदानको कदर गर्दै उनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । “उहाँले नेपालको भौगोलिक एकीकरण गरी भाषिक,जातीय, साँस्कृतिकलगायतका अनेक विविधताकाबीच मजबूत एकताको आधार तयार गर्नुभयो,” शुभकामना सन्देशमा भनिएको छ, “अनेकताबीचको एकताको गौरवमय परम्पराको विजारोपण पृथ्वीनारायणकै अगुवाइमा भएको थियो।

आजअनेकता बीचको एकता नेपालको पहिचान बनेको छ ।”संसारका अधिकांश देश उपनिवेशवादको चंगुलमा परेकाबेला पनि स्वतन्त्रर सार्वभौम राष्ट्रका रुपमा नेपालको उदय गराउने पृथ्वीनारायण शाहको योगदान बिर्सन नसकिने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । शाहको गुणगानमा ओलीले निकै शब्द खर्च गरेको भएपनि चौतर्फी रुपमा माग भएको सार्वजनिक बिदाको माग भने कार्यान्वयन गरिएको छैन । अर्थात शुक्रबार बिदा दिइएको छैन ।

उनले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवादतर्फ उन्मुख भएको उल्लेख गर्दै हरेक नागरिकका लागि संविधानले नै समानअधिकार, सुरक्षा र सम्मानसहितको समतामूलक समाज सुनिश्चित गरेको बताएका छन् । “हामीराज्य सञ्चालनका आधुनिक लोकतान्त्रिकविधि अनुरुपअघि बढिरहेका छौं । आजको युगमा अधिकार सम्पन्न, समृद्ध र सुखीनागरिक नै राष्ट्रिय स्वाभिमानकाआधार हुन्,” प्रधानमन्त्रीको शुभकामना सन्देशमा लेखिएको छ ।

प्रकाशित मितिः शुक्रबार, पुस २७, २०७५     12:01:07 AM  |

प्रतिक्रया दिनुहोस्