19 January 2019  |   शनिबार, माघ ५, २०७५

पृथ्वीनारायण शाहले मुलुकलाई एकताबद्ध नगराएको भए नेपाली स्वाभिमान रहने थिएन -पोख्रेल

    | प्रकाशित मितिः शुक्रबार, पुस २७, २०७५  

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पृथ्वीनारायण शाहले मुलुकलाई एकताबद्ध नगराएको भए अहिलेजस्तो नेपाली स्वाभिमान, स्वाधीन र स्वतन्त्र नहुने बताएका छ्न ।

शुक्रबार २९७ औँ पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतले आयोजना गरेको शोभायात्रा कार्यक्रममा उनले छरिएर रहेको नेपाल एक बनाउने अभियन्ताका रूपमा शाह रहेकाले सरकारले उनको जन्मजयन्तीलाई सम्मान गरेको बताए ।

‘नेपालमा रहेका धर्म, संस्कृति भाषालाई गोलबद्ध गर्ने काम पृथ्वीनारायण शाहले गरेको भन्दै उनले गरेको कामलाई सम्मान गर्न दिवस मनाइएको बताए । उनले पृथ्वीनारायण शाहले एकीकृत गरेको समाजलाई अहिले विभिन्न तत्वले भड्काउन खोजेकाले त्यस्तालाई परास्त गर्नुपर्ने धारणा व्यक्त गरे ।

शोभायात्रामा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उपे्रतीलगायतको सहभागिता थियो । शोभायात्रा कमलादी, रत्नपार्क भद्रकाली हुँदै सिंहदरबार आएर समापन भएको थियो ।

प्रकाशित मितिः शुक्रबार, पुस २७, २०७५     1:15:32 PM  |

प्रतिक्रया दिनुहोस्