19 January 2019  |   शनिबार, माघ ५, २०७५

टकराबकाबिच फुट्यो विवेकशील साझा !

    | प्रकाशित मितिः शुक्रबार, पुस २७, २०७५  

काठमाडौं । पार्टी स्थापनाको छोटो समयमै विवेकशील साझा पार्टी फुटेको छ । रवीन्द्र मिश्र र उज्वल थापाको नेतृत्वमा रहेको पार्टी फुटेको हो । 

संयोजकमध्येका एक थापाले नयाँ दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार थापाको नेतृत्वमा आएको टोलीले विवेकशील नेपाली दल दर्ताका लागि निवेदन दर्ता गरेको छ ।

पार्टी एकताको एकवर्षपछि फुटेको हो । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिनेमा संयोजक थापा, रन्जु दर्शना, मिलन पाण्डे, विराज भट्टलगायतका नेताहरु रहेका छन् । यसअघि नेतृत्वको आलोचना गर्दै थापाले पार्टीका केन्द्रीय सदस्यहरुलाई सुझावपत्र दिएका थिए ।

 

प्रकाशित मितिः शुक्रबार, पुस २७, २०७५     5:41:39 PM  |

प्रतिक्रया दिनुहोस्