17 June 2019  |   सोमवार, असार २, २०७६

होसियार ! मोबाइलको ब्याट्री पड्केर बालकको मृत्यु

    | प्रकाशित मितिः शुक्रबार, पुस २७, २०७५  

विराटनगर । मोबाइलको ब्याट्री पड्केर मोरङमा एक बालकको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका–१५ निवासी सुभाष मण्डलका छोरा ११ वर्षीय अमित मण्डलको मृत्यु भएको हो।
उनीसँगै रहेकी स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिका मण्डल घाइते भएकी छन्।

घर नजिकै बालिएको आगोमा उनीहरूले बाटोमा भेट्टाएको मोबाइल हालेपछि पड्एिर दुवै जना गम्भीर घाइते भएका थिए।
उनीहरूलाई उपचारका लागि विराटनगर स्थित कोसी अञ्चल अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा मण्डलको मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ। राधिकाको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मितिः शुक्रबार, पुस २७, २०७५     7:20:05 PM  |

प्रतिक्रया दिनुहोस्