19 January 2019  |   शनिबार, माघ ५, २०७५

अर्थतन्त्र

निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने

निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने

    प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५       |
काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपनि तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ ।इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पछिल्लो पटक इन्धनको बढेको मूल्यसूची पठाएपनि आम सर्वसाधारण उपभोक्ता तथा देशको आर्थिक वृद्धिदरलाई ध्यानमा राखी अर्को मूल्य प्राप्त नहुन्जेलसम्म पेट्रोलियम पदार्थको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ । आइओसीले १५/१५ दिनमा पठ
बैशाखदेखि बुद्ध एयरले भारतको कोलकाता उडान भर्ने,यस्तो छ तयारी !

बैशाखदेखि बुद्ध एयरले भारतको कोलकाता उडान भर्ने,यस्तो छ तयारी !

    प्रकाशित मितिः बिहिबार, माघ ३, २०७५       |
काठमाडौ । बुद्ध एयरले भारतको कोलकाता उडान भर्ने भएको छ । पर्यटनलाई लक्षित गर्दै निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा आगामी विसं २०७६ वैशाख २ गते देखि उडान भर्ने भएको हो । काठमाडौँ–कोलकता साताको तीन पटक उडान भर्ने कम्पनीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बङ्गाली पर्यटकलाई लक्षित गरी कोलकाता
बिक्रम पाण्डे ४ करोड धरौटी बुझाएर रिहा भए

बिक्रम पाण्डे ४ करोड धरौटी बुझाएर रिहा भए

    प्रकाशित मितिः बुधबार, माघ २, २०७५       |
काठमाडाैं । राप्रपा प्रजातान्त्रिकका नेता तथा पूर्वमन्त्री बिक्रम पाण्डे ४ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । भ्रष्टाचार गरेको अभियोगमा उनलाई अख्तियार दुरुपयोग आयोगले विशेष अदालतमा मुद्दा दायर भएको थियो । मुद्दा दायर भएपछि फरार रहेका पाण्डेलाई अदालतले १५ दिनको म्याद दिएर हाजिर हुन भनेको थियो । उनी म्यादभित्रै अदालतमा हाजिर भए । अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीसद्वय चण्डीराज ढ
आगलागी हुँदा पाँच लाख बढीको क्षति

आगलागी हुँदा पाँच लाख बढीको क्षति

    प्रकाशित मितिः बुधबार, माघ २, २०७५       |
कञ्चनपुर । कञ्चपुरको शुक्लाफाँटा नगरपालिका–८ पिलरीफाँटामा गए राति आगलागीबाट एक घर र गोठ जल्दा पाँच लाख रुपैयाँ बढीको क्षति भएको छ । आगलागीबाट स्थानीय गोपाल भुलको घर र चन्द्रा भुलको गोठ जलेर पूर्णरूपमा नष्ट भएको छ । गोपाल भुलको घरमा जडान गरिएको सौर्य बत्तीबाट विद्युत् चुहिएर सल्केको आगोले घरभित्र रहेको चार आना सुन, सोलार प्यानल, खानाका लागि राखिएका धान, गहुँ, चामल, ओढ्ने बिछ्याउने लुगाफाटा, लग
सहायक रजिस्टार पन्थी एक लाख घुससहित पक्राउ

सहायक रजिस्टार पन्थी एक लाख घुससहित पक्राउ

    प्रकाशित मितिः मङ्लबार, माघ १, २०७५       |
काठमाडौँ। कम्पनी रजिस्टार कार्यालय त्रिपुरेश्वरकी सहायक रजिस्टार गीता पन्थी एक लाख घुससहित पक्राउ परेकी छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले पन्थीलाई एक लाख घुस रकमसहित सोमबार नियन्त्रणमा लिएको हो। रजिस्टारको कार्यालयमा दर्ता रहेको विद्यालयको कर तिन जाँदा राजश्व रकम कम गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको टोलीले पन्थीलाई पक्राउ गरेक
अब फेरि गरीब घर परिवारलाई रातो र व्यवशायीलाई निलो ग्यास सिलण्डिर

अब फेरि गरीब घर परिवारलाई रातो र व्यवशायीलाई निलो ग्यास सिलण्डिर

    प्रकाशित मितिः आइतवार, पुस २९, २०७५       |
काठमाडौं । सरकारले घरेलु प्रयोजनका लागि रातो रङको ग्यास सिलिण्ड र उद्योगी तथा व्यवसायीका लागि नीलो रङको सिलिण्डर प्रयोगमा ल्याउने भएको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले विशेष सहुलियत दिइने घर परिवारलाई रातो रङको सिलिण्डर र व्यवसायी तथा उद्योगीलाई नीलो रङको सिलण्डिर प्रयोगमा ल्याउने व्यवस्था कडाईका साथ कार्यान्वयनमा ल्याउन नेपाल आयल निगमलाई निर्देशन दिएको हो । यसअघि देखि नै आयल निगमले र
ब्रतबन्ध भोजको खर्च कटाएर विद्यालयमा अक्षयकोष

ब्रतबन्ध भोजको खर्च कटाएर विद्यालयमा अक्षयकोष

    प्रकाशित मितिः शुक्रबार, पुस २७, २०७५       |
पोखरा। ब्रतबन्धको भोज भतेरमा हुने खर्च कटाएर एक परिवारले छोराको नाममा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।धम्पुस घर भही हाल पोखरा–८, प्रतिभामार्ग बस्ने यदुनाथ अधिकारी र श्रीमती सरस्वती अधिकारी सरुले छोरा आदर्श अधिकारीको ब्रतबन्धको भोजवापतको २ लाख रुपैयाँ पृथ्वीनाराण मावि, धम्पुसमा अक्षयकोष स्थापनार्थ सहयोग गरेका हुन् । यदुनाथका बाबु स्व। कलाधर अधिकारीको स्मृतिमा विद्यालयको ३२ औँ वार्षिक उत्स
विदेशबाट भित्रिने रकम ‘शंकास्पद देखिए’ छानबिन गर्नुपर्ने

विदेशबाट भित्रिने रकम ‘शंकास्पद देखिए’ छानबिन गर्नुपर्ने

    प्रकाशित मितिः शुक्रबार, पुस २७, २०७५       |
काठमाडौं । सर्वोच्च अदालतले लगानीका लागि विदेशबाट भित्रिने रकम ‘शंकास्पद देखिए’ छानबिन गर्नुपर्ने बताएको छ। यो विषय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइको कार्यक्षेत्रभित्र पर्ने व्याख्या पनि सर्वोच्चले गरेको छ।  व्यवसायी अजयराज सुमार्गी पराजुलीले मुक्ति श्री सिमेन्ट उद्योग प्रालिका नाममा भित्र्याउन थालेको विदेशी रकममाथि रोक लगाउने गरी जारी भएको एक आदेश
श्रम सम्झौता गर्न जापानी टोली नेपाल आउने

श्रम सम्झौता गर्न जापानी टोली नेपाल आउने

    प्रकाशित मितिः बिहिबार, पुस २६, २०७५       |
काठमाडौँ । नेपाल र जापानबीच हुने श्रम सम्झौता गर्न जापानी टोली निकट भविष्यमा नेपाल आउने भएको छ । नेपालको दुईदिने भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज गरेको शिष्टाचार भेटमा श्रम सम्झौता काठमाडौँमा गर्ने जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  सो अवसरमा विदेशमन्त्री कोनोले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन जापानबाट सहयोग हुने प्रतिबद्धता
हवाई इन्धनको मूल्य १० रुपैयाँ घट्यो

हवाई इन्धनको मूल्य १० रुपैयाँ घट्यो

    प्रकाशित मितिः बिहिबार, पुस २६, २०७५       |
काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० का दरले घटाएको छ । साविक १०४ रुपैयाँ ५० पैसामा बिक्री हुँदै आएको आन्तरिकतर्फको हवाई इन्धन मूल्य ९४ रुपैयाँ ५० पैसा कामय गरिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । घटेको मूल्य आज मध्यरातदेखि लागू हुने निगमले जनाएको छ । निगमले यसअघि विभ