पुर्वराजा ज्ञानेन्द्र शाहको अपिल:देशको स्वाभिमान माथी बिदेशी हस्तक्षेप रोक्न जुटौ नेपाली ।

काठमाडौ, ११ असोज ।

पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अखन्डता र स्वाभिमानमा बाह्य शक्तिबाट हस्तक्षेप भएको भन्दै इतिहास जोगाउन पनि सबै मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ ।

बडादसैंको अबसरमा समस्त नेपालीहरुलाइ शुभकामना शन्देश दिँदै पूर्वराजा शाहले मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मूल्य–मान्यता विस्थापित गर्दै जाने र आयातित संस्कृति र धर्म प्रोत्साहित भइरहेकोप्रति गम्भीर बन्नुपरेको उल्लेख गर्नुभएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले राज्यका सबै संयन्त्रहरुको राजनीतिकरण भइरहनु र राज्यप्रतिको विश्वास र भरोसामा ह्रास आउनु देशका लागि शुभसंकेत नभएकोसमेत बताउनुभयो ।

दूरगामी महत्वका राष्ट्रिय मुद्दाहरुको निरुपण जनमतमार्फत् खोज्न हिच्किचाउनुलाई प्रजातन्त्रसम्मत् व्यवहार भन्न मिल्छ कि मिल्दैन ?’ भनी प्रश्नसमेत तेर्साउनु भएको छ ।

जिम्मेवार निकाय वास्तविकताको सामना नगरी तर्कन खोजेको भन्दै पूर्वराजा शाहले ध्यानाकर्षणसमेत गराउनुभएको छ ।

One thought on “पुर्वराजा ज्ञानेन्द्र शाहको अपिल:देशको स्वाभिमान माथी बिदेशी हस्तक्षेप रोक्न जुटौ नेपाली ।

प्रतिक्रया दिनुहोस्