सुकुम्बासी बस्तीमा भीषण आगलागी ६० घर टहरा जलेर नस्ट ।

काठमाडौ, १५ असोज ।

काठमाडौ बल्खु कुलेश्वरस्थित सुकुम्बासी बस्तीमा गएराति आगलागी भएको छ । आगलागीमा ६० घर नष्ट भएका बल्खु प्रहरीले जनाएको छ ।

गएराति करिब ११ बजेतिर मानबहादुर विकको घरबाट आगलागी शुरु भएको थियो । स्थानीय मानबहादुर विकको घरमा बालिएको दियोबाट आगलागी शुरु भएको थियो । आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए । डेरामा बस्ने तीन जनालगायत सबैका खाद्यान्न, लत्ताकपडा सबै जलेको स्थानीयवासी श्यामदास पाण्डेले जानकारी दिनुभएको छ ।

आगलागीमा एक चर्च पनि परेको स्थानीयवासीले बताएका छन् । नेपाली सेनाका पाँच वटा दमकलले आइतबार बिहानपख २ बजेतिर आगलागी नियन्त्रणमा लिएका थिए । क्षतिको विस्तृत विवरण आउन भने अझै बाँकी छ ।

 

प्रतिक्रया दिनुहोस्