30 May 2020  |   शनिबार, जेष्ठ १७, २०७७

भिरबाट खसेर बैतडीमा एक जनाको मृत्यु ।

    | प्रकाशित मितिः आइतवार, अशोज १५, २०७४  

बैतडी, १५ असोज ।

भिरबाट लडेर बैतडीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ रिखाली बस्ने २२ वर्षीय जयसिंह कार्कीको आज बिहान मृत्यु भएको हो । दशैँ मेला हेरेर फर्कने क्रममा उनी भीरबाट लडेका थिए ।

बिहान करिब २ः३० बजे दोगडाकेदार–७ दारकुरी मन्दिरमा लागेको रात्रि मेला हेरेर फर्कने बेला मन्दिर नजिकै रहेको भीरबाट लडेर गम्भीर घाइते भएका उनलाई उपचारार्थ जिल्ला अस्पताल बैतडीमा लैजाँदै गर्दा बाटामा नै ज्यान गएकाे हो ।

उनको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

 

प्रकाशित मितिः आइतवार, अशोज १५, २०७४     11:12:25 AM  |

प्रतिक्रया दिनुहोस्