कैलालीको पितमारीमा कर्णाली नदिमा डुबेर दुईजना बेपत्ता ।

बिनोद देवकोटा बौनिया, १५ असोज ।
कर्णाली नदिमा डुबेर कैलालीमा दुई जना बेपत्ता भएका छ्न । लम्की चुहा नगरपालिकाको  पितमारिमा कर्णालि नदिमा डुबेर २ जना बेपत्ता भएका हुन ।

टिकापुर नगरपालिका ९ का २१ बर्शिय मुकुन्द न्यौपाने र १९ बर्षिका रमेश न्यौपाने बेपत्ता भएको प्रहरीले जनाएको छ । उनिहरुसङ्गै गएका लम्की चुहाका वसन्त न्यौपाने भने सकुसल रहेको प्रहरीले जनाएको छ । नदिमा नुहाउने क्रममा साढे ५ बजेतिर उनिहरु डुबेर बेपत्ता भएको हुन ।

बेपत्ता दुई जनाको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय चिसापनिका प्रमुख प्रहरी निरीक्षक धन बहादुर बोहराले जानकारी दिनुभयो । घटनाको बारेमा थप जानकारी आउन भने बााकी छ ।

प्रतिक्रया दिनुहोस्