कैलालीमा कांग्रेसका महाधिबेशन प्रतिनिधिद्धारा पार्टि परित्याग, स्वतन्त्र उम्मेदवारी दिने घोषणा ।

बिनोद देबकोटा बौनिया , १७ असोज ।
नेपाली कांग्रेसका पुर्व महाधिबेशन प्रतिनिधि दल बहादुर बुचामगरले पार्टी परित्याग गरेका छन ।

मंगलबार आज कैलालीको बौनियामा पत्रकार सम्मेलन गर्दै बुचामगरले पार्टी  परित्याग गरेको घोषणा गरेका हुन ।
पार्टिको केन्द्र,जिल्ला, क्षेत्र र गाउ कमिटीसम्म पुजिबाद हुुुदै दहैकमबाद र आफन्तबादमा लिप्त हुदै गएकोले पार्टीको साधारण सदस्य समेत नरहने गरी परित्याग गरेको बुचामगरले बताउनुभयो ।

उहाले नेपाली कांग्रेसमा इमान्दार, गरिब र निष्ठाको राजनीती गर्ने व्यक्ति लाई ठाउ नभएको र भ्रष्ट र हैैकमी लाई पार्टिले अघिसारेको आरोप लगाउनुभयो ।२०३६ साल देखी नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिएका बुचा मगर पार्टीको गाउ कार्यसमिति अध्यक्ष, सल्लाहकार हुदै महाधिबेशन प्रतिनिधि समेत भैसकेका छन ।

बुचा नेपाली काग्रेसबाट  कैलालीको साविक पण्डौन गाविसमा २०३९ सालमा उप र २०४४ सालमा प्रधानपञ्च र २०४९ सालमा गाविस अध्यक्षमा अत्याधिक मतले निर्वाचित भएका थिए ।

साथै उनले पत्रकार सम्मेलन मार्फत आगमी मंसीर २१ गते हुने प्रदेश सभाको निर्वाचनमा प्रदेश न ७ अन्र्तगत कैलालीको बर्दगोरीया गाउपालिका सम्मीलीत ४ नम्बर क्षेत्र बाट प्रदेश सभासदको लागी स्वतन्त्र उम्मेदवारी दिने घोषणा समेत गरेका छन । द्वन्दकालमा तत्कालिन बिद्रोही पक्षले उनको छोराको अपरहण गरि हत्या गर्दा समेत आफू बिचलित नभयको समेत उनले बताए ।

 

प्रतिक्रया दिनुहोस्