हिन्दु धर्ममाथी भइरहेको प्रहारप्रती ॐ जन जागरण नेपालको आपत्ति ।

काठमाडौ, १७ असोज ।

पछिल्लो केहिसमय यता देशका विभिन्न स्थानहरुमा हिन्दु धर्ममाथी भइरहेको प्रहारप्रती ॐ जन जागरण नेपालले आपती जनाएको छ ।

सदियौदेखी मिलेर बसिआएको समाजमा केही ब्यक्ती र सस्थाहरुबाट सामाजिक तथा धार्मिक बितृष्णा फैलाउने र समाजमा द्वन्द्व निम्तिने खालका अमानवीय कार्यहरु भइरहेको भन्दै आपत्ति जनाएको हो ।

जनजागरण नेपालको केन्द्रिय कार्यालयले आज एक प्रेसनोट जारी गर्दै कानुन बिपरित यसप्रकारका हर्कत गर्ने जो कोहिलाइपनी कारबाही गरिनुपर्ने जनाएको छ ।नेपालको संविधानले सबै धर्मलाइ समान अधिकार दिएको भएपनी केही सस्थाहरुले हिन्दु धर्ममाथी सामाजिक तथा धार्मिक सहिष्णुता खलबलिने खालका घटना हुनु, हिन्दुहरुको महान पर्व दशै बहिष्कार जस्ता कृयाकलाप गरिनु नियम सम्बत नभएको भन्दै यसप्रकारका कार्य आगामी दिनमा पुनः नदोहोर्‍याउन अपिल समेत गरेको छ ।

आफ्नो अधिकार प्राप्तिका निम्ति अरुको अधिकार कुन्ठित पार्ने जस्ता कृयाकलाप त्यागी देश बिकासमा लाग्न ॐ जन जागरण नेपालका केन्द्रिय अध्यक्ष पदम कुवर र महासचिव दोजराज घिमिररद्वारा  हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।

 

 

प्रतिक्रया दिनुहोस्