30 May 2020  |   शनिबार, जेष्ठ १७, २०७७

रसियामा सेनाको हवाइ आक्रमण: तिनसय बढी मारिए ।

    | प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४  

काठमाडौं, १८ असोज ।

रसियाली सेनाको हवाई आक्रमणमा परी सिरियामा ३०४ जना मारिएका छन् ।

सिरियाली सेनालाई सघाइरहेको रुसी सेनाको हवाई आक्रमणमा यूफ्रेट्स नदीको पूर्वी किनारामा बस्दै आएका ३०४ विद्रोही दुई दिनमा मारिएको दावी रसियाली रक्षा मन्त्रालयले गरेको हो ।

मारिनेमा सात जना आइएसका विभिन्न तहका स्थल कमाण्डर रहेको दावी रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेनकोभको छ ।

आक्रमणमा अरु १७० जनाभन्दा बढी घाइते भएका छन् । आक्रमणबाट विद्रोहीले प्रयोग गर्दै आएका आश्रयस्थल, थुप्रै बन्दोबस्तीका सामान तथा हतियार पनि नष्ट भएको दावी गरिएको छ । (इमेज/एजेन्सी)

 

 

प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४     7:20:27 AM  |

प्रतिक्रया दिनुहोस्