नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै ।

काठमाडौं,१८असोज ।

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज (बुधबार) बस्ने भएको छ । चुनावी तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बिहान ११ बजेपछि बस्ने छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेल गर्ने भएपछि कांग्रेसले पनि चुनावका लागि रणनीति बनाउने मुख्य एजेण्डा रहेको उहाँले बताउनुभयो ।

 

प्रतिक्रया दिनुहोस्