प्रदेश र प्रतिनिधिसभा चुनावका लागी १६५ निर्वाचन अधिकृत तोकिदै ।

काठमाडौ, १८ असोज ।

आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोग आबस्यक गृहकार्यमा जुटेको छ । जस अन्तरगत निर्वाचन आयोगले आज मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत गरी १ सय ६५ जनालाई नियुक्त गर्दैछ ।

आज नियुक्ती पाएका अधिकृतलाई अभिमुखिकरण तालिम दिएपछि कात्तिक १ गतेअघि नै १ सय ६५ निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गर्ने आयोगको तयारी छ ।

आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता रहनेछन् । त्यसका लागि १ करोड ७० लाखको हाराहारीमा मतपत्र छाप्ने आयोगले जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्