अछाममा आर्थिक वर्ष ०७४/०७५ का लागि ३ अर्ब ३१ करोड बढी बजेट बिनियोजन ।

अछाम, १८ असोज ।

अछाममा आर्थिक वर्ष ०७४/०७५ का लागि ३ अर्ब ३१ करोड बढी बजेट बिनियोजन भएको छ ।

जिल्लाका ६ वटा गाँउपालिकाका लागि १ अर्व ७८ करोड १३ लाख बढी र ४ नगरपालिकाको लागी कुल १ अरब ५५ करोड १६ लाख बढी बजेट रहेको पाईएको छ । स्थानीय तहको निर्वाचन पछि भएका प्रथम गाँउ/नगर सभाहरुले आ–आफ्नो बजेट बनाएर गाँउ तथा नगरसभा मार्फत पारित गरि कार्यान्वयन प्रक्रिया अघि बढिसकेको छ । जिल्लाका दशवटै स्थानीय तह मध्ये सबैभन्दा बढी बजेट मंगलसेन नगरपजिल्लाकाले ५० करोड ९६ लाख ७ हजार बजेट ल्यायको छ ।

जसमा पूँजीगत तर्फ ३७ करोड २९ लाख ७२ हजार र साधारणीकि तथा चालु तर्फ गरी १३ करोड ६६ लाख ३५ हजार बजेट पारित गर्दै पूर्वाधार निर्माणलाई बिशेष प्राथमिकता दिएको नगरपालिकाका कार्यकारी अधिकृत गणेश ढुंगानाले जानकारी दिनुभयो । जिल्लाको साँफेबगर नगरपालिकाले ४० करोड बढी बजेट पारित गरेको छ भने पञ्चदेवल बिनायक नगरपालिकाले ३४ करोड २५ लाख बजेट पारित गरेको र सडक निर्माणलाई प्रमुखताका साथ अगि बढाएको नगर उपप्रमुख अम्विका चलाउनेले जानकारी दिनुभयो ।

नगरहरु मध्ये सबैभन्दा कम बजेट रहेको कमलबजार नगरपालिकाले २९ करोड ९५ लाख बराबरको बजेट निर्माण गरि सडक, बिद्युत र कृषिमा जोड दिएको नगर प्रमुख ओमप्रकाश बिष्टले बताउनुभयो । यस्तै ६ वटा गाँउपालिकाहरु मध्ये सबैभन्दा बढी बजेट तुर्माखाद गाँउपालिकाले ३३ करोड २० लाख ४१ हजार ८ सय ५० बराबरको बजेट ल्यायको गाँउपालिकाले बिद्यालय पूर्वाधार निर्माण र शैक्षिक गुणस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखेको छ भने सडक, कृषि लगायतका क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ ।

यस्तै रामारोशन गाँउपालिकाको प्रथम गाँउसभाले ३० करोड ७० लाख बजेट पारित गरि कार्यान्वयनको चरण सुरु भईसकेको अध्यक्ष झंकर साउदले जानकारी दिनुभएको छ भने ढकारी गाउपालिकाले ३० करोड ४८ लाख बजेट पारित गरि सडकलाई मुख्य प्राथमिकतामा राखेर योजनाहरु कार्यान्वयन चरणमा अगि बढाएको छ ।

जिल्लाको मल्लेख गाँउपालिकाले कुल ३१ करोड २९ लाख ३२ हजार ९ सय बराबरको बार्षिक बजेट पारित गरेको अध्यक्ष लोकबहादुर बोहराले बताउनुभयो । यता चौरपाटी गाँउपालिकाले ३० करोड ४० लाख २४ हजार बजेट पारित गरेको छ भने बान्नीगढी जयगढ गाँउपालिकाले २२ करोड ६ लाख २५ हजार बढीको वार्षिक बजेट पारित गर्दै खानेपानी, सडक, शिक्षा र कृषि क्षेत्रका योजनालाई प्रमुखताका साथ अगि बढाएको छ ।

यस अघी जेठ महिनामा नेपाल सरकारले ल्याएको संघीयता पछिको पहिलो बजेटले अछामका १० वटै स्थानीय तहका लागि आर्थिक वर्ष २०७४/०७५ मा तीन अर्ब १६ करोड ३९ लाख ४१ हजार रुपैयाँ बजेट प्रदान गरेको थियो । (इमेजखबरको सहयोगमा)

 

प्रतिक्रया दिनुहोस्