एमाले क्षेत्र नं. १ कैलालीद्धारा प्रतिनिधिसभा र प्रदेश सभाका उमेदवारहरुको नाम सिफारिस ।

लोकेन्द्र रावल टीकापुर, १८ असोज ।

नेकपा एमालेले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यको उमेदवारका लागि नेकपा एमालेका केन्द्रिय सदस्य गरिमा शाहको नाम सर्व सम्वत् रुपमा सिफारिस गरेको छ ।

आगामी मङ्सिर महिनामा हुने निर्वाचनका लागि क्षेत्रिय प्रदेश संगठन कमिटीले उहाँको नाम सिफारिस गरेको हो । यस्तै प्रदेश सभा सदस्यका लागि क्षेत्र क बाट भोजराज शर्मा, लालविर चौधरी र गणेश प्रसाद कुँवरको नाम सिफारिस गरेको छ ।

क्षेत्र ख बाट श्याम खत्रि, द्धारीका न्यौपाने, सूर्यचन्द्र भट्टराई, भिमराम चपाई, चक्रराज तिमिल्सीना, लक्ष्मण थापा र अविसरा रतन (भावना रतन) को नाम सिफारीस गरीएको नेकपा एमालेका क्षेत्रिय सचिव खडक साउदले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रया दिनुहोस्