यी हुन एमाले बाकेले प्रदेशसभा निर्वाचनका लागि सिफारिस गरिएका उम्मेदवार को-को परे हेर्नुहोस ।

कोहलपुर, १८ असोज ।

नेकपा एमाले बाँकेले आगामी मंसिरमा  हुने प्रदेशसभा निर्वाचनको लागि जिल्लाका विभिन्न निर्वाचन क्षेत्रबाट संभावित उम्मेदवारको नामावली सिफारीस गरेको छ ।

नेपालगन्जमा आज बसेको एमाले बाकेको बैठकले उनिहरुको नाम सिफारिस गरेको हो । सिफारिस हुनेमा बाँके निर्वाचन क्षेत्र ३(क) बाट रत्न खत्री र दिपक जिएम छ्न । खत्री र जिएमले ले ५–५ मत प्राप्त गरेर सिफारिसमा परेका हुन । भने महिलामा एकता शाह निर्विरोध भएकि छ्न ।  दाबेदार मानिएका घननाथ खनाल र टंकरनाथ योगीले ३–३ मत प्राप्त गरेका छ्न ।
निर्वाचन क्षेत्र नं. २ (क) बाट निरक गुरुङ्ग, डम्बर थापा र शान्ति ढकाल सिफारिसमा परेका छन् । गुरुङ्गले १२ मत, थापाले ८ मत ल्याई सिफारिसमा परेका हुन । उनीहरु संग डेकनाथ गौतम र राजेन्द्र मिश्राले प्रतिश्पर्दा गरेका थिए । भने महिलामा ढकाल सर्वसम्मत भईन ।

बाँके निर्वाचन क्षेत्र नं (१) मा बजारु चौधरी, सोहनलाल यादव र लक्ष्मी कुमारी थारुलाई सिफारिस गरिएको छ । बजारुले ७ र यादवले ६ मत प्राप्त गरेका थिए भने लक्ष्मी निर्विरोध भएकी थिईन । उनीहरुसंग पदम ओली, तिरथ डाँगी र भरत बुढाथोकीले प्रतिस्पर्धा  गरेका थिए ।

यता क्षेत्र नं. १ (ख) मा भएको निर्वाचनले खिलप्रसाद भुसाल, प्रेम भुुसाल र आरती पौडेलको नाम सिफारिस भएको छ । सर्वसम्मत हुन नसकेपछि भएको भोटिङ्गमा खिलप्रसादले ६ मत, प्रेमले ४ मत र आरतीले ४ मत प्राप्त गरेका थिए । सो मतदान प्रकृयामा बसन्ती अधिकारीले ३, अब्दुल हुसेन खाँले ३ र गोपाल गिरीले १ मत प्राप्त गरेका थिए ।

निर्वाचन क्षेत्र नं.२ (ख) बाट दत्तप्रसाद आचार्य, विजय गुप्ता र भुमा पाण्डेको नाम सर्बसम्बतले सिफारिस गरेको छ । निर्वान क्षेत्र नं. ३ (ख) बाट बाबुराम गौतम, पदम धिताल र जैतुन अन्सारीको नाम सिफारिस भएको छ । गौतमले ८ मत, पदम धितालले ७ मत प्राप्त गरि  सिफारिस भए भन्व अन्सारी निर्विरोध सिफारिस भईन ।

सो क्षेत्रको लागि बाबुरामलाई समर्थन गर्दै युवा नेता भिम ओली पछी हटेका थिए भने होमनाथ सापकोटा र मो. शेर बागवानले ३–३ मत प्राप्त गर्दा बलराम अर्यालले जम्मा १ मत प्राप्त गरे ।

 

प्रतिक्रया दिनुहोस्