30 May 2020  |   शनिबार, जेष्ठ १७, २०७७

अछामका उदाउदा गजलकार महेन्द्र रिदम र उनका गजल ।

    | प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४  

बिनोद देवकोटा कैलाली, १८ असोज ।

पश्चिमको भुमी साहित्यको उर्वर भुमीका रुपमा चिनिन्छ । थुप्रै अनुहार छन् पश्चिमका जो अहिले नेपाली साहित्यको बागडोर सम्हाली रहेका छन् ।

साहीत्यको उर्वर भुमी सुदुर र मध्यपश्चिममा पछिल्लो समय थप नया साहितयका मुनाहरु पलाउदै गएका छन् । यस्तै मध्येका एक हुन् अछामका उदाउदा गजलकार महेन्द्र रिदम देबकोटा । अछामको ढकारी गाविसमा बुवा जयलाल देवकोटा र आमा कृष्णा देवकोटाको कोखबाट साहिला सन्तानका रुपमा बि. स. २०५४ सालमा जन्मेका देवकोटा पछिल्लो समयमा नेपाली साहित्यका उदयमान तारा हुन् ।

सामान्य परिवारमा जन्मीएका देवकोटाको माध्यमिक तहको शिक्षा दिक्षा अछाममै भयो । अध्ययनकै क्रममा काठमाडौ हुदै उच्च शिक्षाको अध्ययन क्रममा हाल भारतको मुम्वइमा रहेका छन् । कक्षा ८ बाटै सामान्य गजल लेख्न थालेका रिदमले विभिन्न अग्रज गजलकार हरु, रेडियो र पत्रपत्रिका बाट अरुका गजल, सुनेर र पढेर आफुले लेख्न थालेको उनी बताउछन् ।

हालसम्म १०० भन्दा बढी गजल लेखी सकेका रिदमका केही फुटकर बाहेक अधिकतम अप्रकाशित छन् र अब प्रकाशनको क्रममा रहेको उनी बताउछन् । गजल बाहेक केही कविता र गीत समेत लेखी रहेको उनले बताए ।

पढ्नुहोस उनका गजलहरु
गलज १
फिर्ता गर्छु भनेरपढ्नुहोस गरिदिएन ।
र पनि आऊने आशा सकिएन ।
यादहरू पौडी खेल्ने ताल बनेकोछ ।
र पनि आखामा आशु रित्तिएन ।
ऊसैलाई भनेर जिन्दगी पर्खिए ।
त्यो मन्ले मलाई कहिल्यै सम्झिएन ।
संसार अनि तिमी हेर्छु बद्लीरहन्छौ ।
मेरो साला भाग्य कहिल्यै बद्लीएन ।
हिजो थियो आज छ भोली रहनेछ ।
बाले बनाएको ईतीहास कहिल्यै मेटिएन ।
बिर्सी्दिए सारा ईतीहास मैले ।
तिमीलाई मैले कहिल्यै बिर्सीएन ।
यहा आफ्नै अनुहार ऐनामा हेरेर ।
वाव ऊ यो मान्छे कहिल्यै भनिएन । ।
। यादहरू पौडी खेल्ने ताल बनेकोछ ।
र पनि आखामा आशु रित्तिएन ।

गजल २
हिजो भन्दा आज धरै फरक बनायो ।
मलीन अनुहार अलि चमक बनायो ।
मलाई पागल बनाएर कातर बनाएर ।
आफ्नो परिचय अली पृथक बनायो ।
मान्नै पर्छ यार नियतिको खेललाई पनि ।
ऊसैलाई हत्यारा उसैलाई मृतक बनायो ।
कसैको आफै बा बन्ने बेलामा ।
आमाको मायाले मलाई बालक बनायो ।
आफू चालक, बिचार सवारी बनाएर ।
मलाई सवारी गुडाऊने सडक बनायो। ।

गजल ३
कसरी चल्छ समयको गति कलाई थाहा हुन्छ।
मौसम कति बदलिन्छ कति कलाई थाहा हुन्छ।
माया गर्नेहरूले कति गर्छन कति माया गर्नेहरूले।
तोला आना अनि रति कलाई थाहा हुन्छ।
लगाउनेहरूले लगाईदिए आगो मुटु भित्र मेरो।
कति पोल्छ यार भतभति कलाई थाहा हुन्छ।
के लगाऊ पिडाको घाऊमा भनिदेउन कोही।
यहा न डा‘क्टर न ओखति कलाई थाहा हुन्छ।

गजल ४

बोलाउन खेलौनालाई कहा सकिन्छ र ।
सम्झाउन बच्चालाई कहा सकिन्छ र।
ग्यारेजमा लगेर गाडी बनाए जस्तो।
बदल्न भाग्य सालालाई कहा सकिन्छ र।
कहा कहा सम्म नजर लगाई दिन्छन्।
रोक्न यि आखालाई कहा सकिन्छ र।
छोरो हरायो भनि सोकमा परेको बेला।
समाल्न आमालाई कहा सकिन्छ र ।
छिनाले काटेर मुर्ति बनाए जस्तो।
मान्छे बनाऊन ढुङ्गालाई कहा सकिन्छ र ।

गजल ५
न आगो जस्तो न पानी जस्तो
किन बन्दैछ जीन्दगी खरानी जस्तो
जिन्दगीलाई नियालेर हेर्दा यस्तो पाय
कतै पनि भेटाइन जवानी जस्तो
मुटुले मुटुभित्र हलचल मच्चाई दिन्छ
कस्तो रहेछ मुटुपनी अज्ञानि जस्तो
आकसमा बादल मुस्कुराईदिन्छ
भइ दिन्छ मौसम बेलुकी न बिहानी जस्तो
तिम्रो मायाले मलाई पितल बनाई दियो
रिदम पनि थियो यार सुन चादी जस्तो ।

 

प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४     9:14:15 PM  |

One Comment

प्रतिक्रया दिनुहोस्