बर्दियाली गायक हेमन्त संगीतको नया दोहोरी गित बजारमा ।

काठमाडौ, १९ असोज ।

नेपाली लोकदोहोरी क्षेत्रमा उदयमान तथा चर्चित गायक हेमन्त संगीतको सुमधुर आवाजमा नया लोकदोहोरी गीत बजारमा आएको छ ।

प्रदेशी दोहोरीसाझको प्रतुतीमा निकै रमाइलो लोकदोहोरी गीत “प्रदेशी रोधि घरैमा” भर्खर मात्र बजारमा आएको हो । यस गीतमा हेमन्त संगीतलाई सन्ध्या मगरले स्वरमा साथ दिएकि छ्न । पार्वती गाहामगरको लय, शब्द सृजना रहेको यस गितलाइ संगीत सम्योजन रामु बिरहीले गरेका छ्न ।

यो अति नै मिठो लोकदोहोरी गीत साथीभाई डिजिटल म्यूजिक प्रालीले बजार ब्यबस्थापन गरेको छ । छोटो समयमा धेरैको मन मुटुमा यो गित बस्न सफल भएको छ ।

यो गितको म्युजिक भिडियो पनि छिट्टै बजारमा ल्याउने तयारी गरिएको छ । उनका अहिलेसम्म दुई दर्जन भन्दा बढि गीतहरुमा स्वर,लय/शब्द गरिसकेका छन ।

(प्रदेशी रोधि घरैमा”सुन्नुहोस )

प्रतिक्रया दिनुहोस्