31 May 2020  |   सोमवार, जेष्ठ १९, २०७७

डा गोविन्द केसी आजदेखि पुनः आमरण अनशन बस्दै ।

    | प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४  

काठमाडौ, १९ असोज ।

चिकित्सा शिक्षा क्षेत्र सुधारको मागगर्दै पटकपटक अनशन बस्दै आएका डा गोविन्द केसीले आजदेखि पुनः आमरण अनशन बस्ने भएका छ्न ।

संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर  ऐन जारी गर्न लागिएको भन्दै डा  केसीले थालेको १२ औं अनशन हो । यसअघि चाडबाड सुरु भएका कारण दशैंअघि उनले अनसन स्थगित गरेका थिए । डा केसिले आज पुन दिउँसो साढे ४ बजेदेखि अनसन बस्ने जनाएका छन्।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी यसअघि १७ बुँदे सुझाव समेत बुझाएका थिए । उनले बुझाएको सुझावपत्रमा संसदमा छलफलका क्रममा रहेको विधेयकमा दुर्गमका सामुदायिक विद्यालय पढेका र सीमान्तकृत विद्यार्थीलाई डाक्टरी पढ्न निःशुल्क छात्रवृत्तिको व्यवस्था गर्ने सहितका व्यवस्था राख्नुपर्ने बुँदा रहेका छन्।

विधेयकका महत्वपूर्ण बुँदाहरु सांसदले हटाउँदै माफियामुखी ऐन ल्याउन लागेको भन्दै डा केसीले प्रधानमन्त्रीलाई जनतामुखी र विद्यार्थीमुखी ऐन ल्याउन सुझाब दिएको बताएका छन्। उनले माफियाका लागि राखिएका बुँदा हटाउँदै माथेमा प्रतिवेदनको मर्म अनुसार तीन करोड नेपालीको हितका लागि सुझाव समावेश गरिएको बताएका छन्।

 

प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४     10:19:57 AM  |

प्रतिक्रया दिनुहोस्