कैलालीको बर्दगोरीयामा प्रतिक्षालयमा बसीरहेको अबस्थामा एक बृद्धको मृत्यु ।

बिनोद देवकोटा बौनिया, १९ असोज ।

कैलालीको बर्दगोरीया गाउपालीका २ बौनियाको प्रतिक्षालयमा बसीरहेको अबस्थामा एक बृद्धको ज्यान गएको छ ।

बर्दगोरीया गाउपालीकाकै वडा नम्बर ३ रानीकुन्टामा रहेको सुकुम्बासी शिबिरमा बस्ने करिव ७५ बर्षिया राम भजन चौधरीको बिहबार आज ६ बजेतीर मृत्यु भएको हो । मृत्युको कारण खुल्न भबे खुल्न सकेको छैन ।

चौधरीको शव पोस्टमार्टमका लागी टीकापुर लगिएको इलाका प्रहरी कार्यालय बौनिका इन्चार्ज भरतराज गीरीले जानकारी दिनुभयो ।

 

प्रतिक्रया दिनुहोस्