प्रदेश र प्रतिनिधीसभाको निर्वाचनका लागि नेपाली काँग्रेस कैलालीद्वारा २ सय ४५ जनाको नाम सिफारिस ।

कैलाली, १९ असोज ।

आगामी मङ्सिरमा हुन गइरहेको प्रदेश र प्रतिनिधीसभाको निर्वाचनका लागि नेपाली काँग्रेस कैलालीले २ सय ४५ जना उमेदवारको नामावली केन्द्रमा पठाएको छ ।

पार्टीले केन्द्रले उमेदवारको नामावली पठाउनका लागि तोकेको समयको दुई दिनपछि नेपाली काँग्रेस कैलालीले नामावली सिफारिस गरि केन्द्रमा पठाएको हो ।

क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ईश्वरी न्यौपाने, नारायण दत्त मीश्र, चन्द्रसिह भट्टराई र बुद्धीशागर चौधरी सहित ८ जनाको नाम सिपाmरिस गरेको छ भने समानुपातिकमा बौनीयाका विरबहादुर हमाल सहित ५जनाको नाम सिफारिस गरिएको छ । यस्तै क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र नम्बर १ बाट शेवकराम चौधरी सहित पाँच जना र समानुपातिकमा १५ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश क्षेत्र नम्बर २ बाट राजकुमार हमाल, जंगबहादुर साउद सहित ९ जनाको नाम सिफारिस गरिएको छ भने समानुपातिकमा १७ जनाको नाम पठाईएको छ ।

क्षेत्र नंं २ बाट प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ कमलबहादुर शाह, हिमबहादुर रावल र विजयबहादुर स्वारको नाम केन्द्रमा सिफारिस गरेको छ भने समानुपातीकमा तीन जनाको नाम सिफारिस गरेको छ । यस्तै क्षेत्र नम्बर २ को प्रदेश निर्वाचन क्षेत्र १ मा प्रत्क्ष तर्फ देवानन्द जैशी, सीबा थापा सहित १२ जना र १४ जनाको नाम समानुपातिकमा सिफारिस गरेको छ ।

प्रदेश क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फ जनक बम, उत्तम जोशी सहित ८ जना र समानुपातिकमा १४ जनाको नाम सिफारिस गरिएको नेपाली काँग्रेस कैलालीका उपसभापति प्रकाश बमले जानकारी दिनुभयो ।

क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा प्रत्यक्ष तर्फ मोहनराज मल्ल, खेमराज डँगौरा थारु, निवर्तमान जिल्ला अध्यक्ष गोविन्दराज जोशी र परसुराम चौधरीको नाम सिफारिस गरिएको छ भने तीन जनाको नाम समानुपातिकमा सिफारिस गरिएको छ । ३ नम्बर क्षेत्रको प्रतिनिधि सभाका लागि १ नम्बर क्षेत्रबाट पार्टी सचिव दिपकराज जोशी, रामचरण चौधरी सहित १० जना र ११ जना समानुपातिकमा सिफारिस गरिएका छन ।

प्रदेश सभाका लागि क्षेत्र नंं २ बाट भीम बडुवाल सहित ५ जना र गोमा आचार्य सहित ५ जना समानुपातिकमा सिफारिस भएका छन ।

क्षेत्र नंं ४ बाट प्रनिनिधि सभा प्रत्यक्ष तर्फ पार्टीका उपाध्यक्ष प्रकाश बहादुर बम, प्रदिप जोशी, डाक्टर लक्ष्मीराज पाठक, शुनील कुमार भण्डारी र हिरादत्त भट्टको नाम सिफारिस गरिएको छ भने वर्तमान सांसद दिर्घराज भाट, लक्ष्मी भण्डारी र सुरतबहादुर कार्कीलाई समानुपातिकमा सिफारिस गरिएको छ । यस्तै प्रदेश क्षेत्र नम्बर १ बाट स्थानीय शेरबहादुर देउवा, दिनेशराज जोशी सहित ६ जना र समानुपातिकमा ७ जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ ।

प्रदेश क्षेत्र नम्बर २ बाट लोकराज पाण्डे आगो, गोपाल देउवा सहित १० जना र बीरबहादुर हमाल, तुलसा देवकोटा सहित १५ जनाको नाम समानुपातिकमा सिफारिस भएको छ ।

क्षेत्र  नम्बर ५ बाट प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ आरजु राणा देउवा, पुष्करनाथ ओझा, शुनीलकुमार भण्डारी, प्यारेलाल राना, गणेश देउवा र क्षितीज भण्डारीको नाम सिफारिस गरिएको छ । समानुपातिकमा भने एक जना मात्रै दिब्यश्वरी शाहलाई सिफारिस गरिएको छ । क्षेत्र नम्बर ५ प्रदेश क्षेत्र नम्बर १ बाट भने आनन्दराज जोशी, जीवन राना, नारायण दत्त भट्ट सहित ७ जना र समानुपातिकमा ६ जनाको नाम सिफारिस भएको छ ।

प्रदेश क्षेत्र नम्बर २ बाट पार्टी सभापति नरनारायण शाह, उत्तमबहादुर कठायत, कृष्णबहादुर महरा सहित १५ जनाको नाम सिफारिस भएको नेपाली काँग्रेस कैलालीले जनाएको छ ।

प्रतिक्रया दिनुहोस्