आगलागी हुदा नेपालगन्जको एक डिपार्टमेन्ट स्टोर पुर्ण रूपमा क्षति ।

कोहलपुर, १९ असोज ।

बाकेमा आजराती एक डिपार्टमेन्ट स्टोरमा आगलागी भएको छ । नेपालगन्जको कारकादो चोकस्थित न्यू आरडी डिपार्टमेन्ट स्टोरमा राती ९ बजेतिर एक्कासि आगलागी भएको हो ।

आगलागी बाट मिना शाहीको डिपार्टमेन्ट स्टोर पूर्ण रुपमा क्षतिग्रस्त भएको समाचार प्राप्त भएको छ । डिपार्टमेन्टल स्टोरमा झण्डै ६० लाख बराबरको सामान रहेको सञ्चालकले प्रहरीलाई जानकारी दिएका छन् ।

घटनाको जानकारी पाउन साथ ११ मिनेटमै पुगेका दमकल र प्रहरीले स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । तर आगलागीका कारण डिपार्टमेन्टल स्टोर पूर्ण रुपमा क्षतिग्रत भएको जनाइएको छ । वडा प्रहरी कार्यालयका इन्चार्ज, राजन गौतमको कमाण्डमा प्रहरी टोली आगलागी नियन्त्रणका लागि खटिएको थियो ।

आगलागीबाट भएको क्षतिको एकिन विवरण भने प्राप्त हुन बाकी रहेको जिल्ला प्रहरी कार्यालय बाकेका प्रहरी प्रवक्ता, डिएसपी सुधिर शाहीले जानकारी दिनुभयो ।

 

प्रतिक्रया दिनुहोस्