जुम्लीलाई गास पश्चिमका युवाको अभियान, पाँच सयले पाँच दिन ।

बिनोद देवकोटा बौनिया, २० असोज ।
कर्णालीमा प्राय खाद्यान्न अभाव भइरहन्छ । राज्यले प्रत्येक बर्ष खाद्य संस्थान मार्फत खाद्यान्न आपुर्ती गर्दै आएको भएपनी त्यहाका बासीन्दालाई खाद्यान्नको उचित व्यवस्था गर्न नसक्दा यो वर्ष पनी अभाव चुलिएको हो ।

राज्यले वेवास्ता गरेकोप्रति असन्तुष्ट भएर मात्र समस्या समाधान नहुने भन्दै कैलालीका युवाहरुले हुम्लाबासीको भोक मेटाउने अभियान सुरु गरेका छन् । सामाजिक सेवामा रुचि भएका कैलालीका १७ वर्षीय केपी खनाल यतिबेला खाद्यान्न अभाव टार्नका लागि खाद्यान्न, आर्थिक र श्रम सहयोगका खोजीमा जुटेका छन् ।

सामथ्र्य नेपाल संस्थाको पश्चिम नेपाल संयोजक खनालले सहयोगका लागि अपिल समेत गरेका छन् । हुम्ला र जुम्लाका नागरिकले खान नपाएको उल्लेख गर्दै आशु बोकिरहेको कर्णालीका लागि सहयोग गर्न सबैमा अपिल गरेका छन् । तपाईहरुको सानो सहयोगले भोकाको पेटमा अनाज पुग्ने छ । नाङ्गाको शरीर ढाकिने छ ।” अपिलमा भनिएको छ । पाच सयले पाच दिन खान पुगोस भन्दै कम्तिमा पाँच सय रुपैया सहयोग गर्न अनुरोध गरिएको अभियान्ता खनालले बताए ।

यसअघि खनालको सक्रियतामा दशै अघि कैलालीमा पनि राहत वितरण गरिएको थियो । करिब १ लाख ५० हजार रुपैया बराबरको राहत सामग्री वितरण गरिएको हो । खनालले समाजिक संजालमार्फत सहयोगको अपिल गरेर राहतस्वरुप रकम जम्मा गरेका थिय ।

जिल्लाको टिकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका, लम्किचुहा नगरपालिका र महोन्याल गाउपालिकाका गरी करिब ३५ घर परिवारलाई राहत सामग्री वितरण गरिएको खनालले जानकारी दिए । त्यस्तै बरचौर आश्रमका १५ जना अनाथ बालबालिकालाई स्टेशनरी सामग्रीसमेत वितरण गरिएको थियो
। कुनै पनि दलमा आवद्ध नभै विशुद्ध समाजसेवाको उद्देश्यले सामाजिक काममा लागिएको खनालको तर्क छ ।सबै युवालाई गलत राजनीतिक संस्कारबाट मुक्त गराई सृजनशील काममा सहभागि गराउने उद्देश्यले सामथ्र्य नेपालको स्थापना गरिएको र राजनीतिको नाममा सडकका ढुङ्गा हान्ने युवालाई विकास निर्माणका काममा लगाउनु पर्ने खनालको तर्क छ ।

देश विकासका लागि सरकार वा अरुको आलोचना गरेर उपलब्धि नहुने भएकाले युवावर्ग आफै पनि सामाजिक काममा प्रत्यक्ष सहभागि हुनुपर्नेमा सामथ्र्य नेपालले जोड दिदै आएको छ । चितवनबाट सुरु गरिएको सामथ्र्य नेपालको अभियानले अहिलेसम्म विभिन्न निजी तथा सरकारी संघ संस्थाका व्यक्तिहरुलाईसमेत सामाजिक काममा सहभागि गराइसकेको छ ।

 

प्रतिक्रया दिनुहोस्