डडेल्धुरामा ९ बर्षिय बालक एक सातादेखि बेपत्ता ।

डडेल्धुरा, २० असोज ।
डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय बालक एक सातादेखि बेपत्ता भएका छन्।

असोज १४ गते सत्घाट नजिक पर्ने खानीडाँडामा दशैँको मेला हेर्न गएका बालक विवश बोहरा घर नफर्केको उनका आमाबुबाले बताए। आफन्तकहाँ गयो कि भनेर सबै ठाउँमा खबर गरिसक्दा पनि कतै नभएको खबरले आफूहरूमा चिन्ता बढिरहेको विवशकी आमा चन्द्रादेवी बोहराले बताइन्।

प्रहरीलाई पनि खबर गर्दासमेत कहीँकतै नभएको जानकारी आएको बाबु केशवको भनाइ छ। छोराको खोजी गरिदिनका लागि बोहरा दम्पतीले सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रया दिनुहोस्