अन्ततः निवर्तमान डीआइजी नवराज सिलवाल र गायक सञ्जय श्रेष्ठ एमालेमा प्रवेश गरे ।

काठमाडौं, २० असोज ।
नेपाल प्रहरीका निवर्तमान डीआइजी नवराज सिलवाल एमालेमा प्रवेश गरेका छन् ।

काठमाडौंको बुद्धनगरमा आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सिलवाललाई पार्टी प्रवेश गराएका हुन् । प्रहरी महानिरीक्षक हुने रोलक्रममा रहेका सिलवाल महानिरीक्षक हुन नपाएपछि सर्वोच्च अदालत गएका थिए ।

अदालतबाट पनि आफ्नो पक्षमा फैसला नभएपछि सिलवालले पदबाट राजीनामा दिएका थिए । एमाले प्रवेश गर्नेक्रममा सिलवालले आफूमाथि चरम राजनीति भएकाले राजनीतिमा ओर्लिएको बताए ।

सोही कार्यक्रमबाट चर्चित पपगायक सञ्जय श्रेष्ठ पनि एमालेमा प्रवेश गरेका छन् । गायक श्रेष्ठ संविधानसभाको निर्वाचनमा राप्रपा नेपालबाट उम्मेदवार बनेका थिए ।

 

प्रतिक्रया दिनुहोस्