प्रतिनिधिसभाको निर्वाचनका लागि भिम रावलको नाम कैलालीबाट पनि सिफारिस ।

बिनोद देवकोटा बौनिया, २० असोज ।

नेकपा एमाले कैलाली क्षेत्र न २ ले आगामी मङ्सिरमा हुने प्रतिनिधिसभाको लागी पार्टी उपाध्यक्ष भिम रावलको नाम सर्वसम्मत सिफारिश गरेको छ ।

कैलालीको बौनियामा आज बसेको पार्टीको क्षेत्रीय कमिटिको बैठकले रावलको नाम सिफारीस गरेको हो । बैठकले बैकल्पीक केन्द्रीय सदस्य झपट रावल र पावर्ति बजगाई लाई बैकल्पीक उम्मेदवारको रुपमा छनौट गरि सिफारिश गरेको नेता डेजी पाण्डेले जानकारी दिनुभयो ।

यसअघी रावल अछाम क्षेत्र नम्बर १ बाट पनीे प्रतिनिधि सभाको लागी सर्वसम्मत सिफरीस भैसकेका छन् । यस्तै प्रदेश सभाको लागी डेजी पाण्डे , कर्ण कुवर र खीमा बोहराको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

 

प्रतिक्रया दिनुहोस्