हरियारसहित बर्दियाको जमुनिबाट तीन जना पक्राउ ।

बर्दिया, २० असोज ।

बर्दियाको जमुनीबाट प्रहरीले ३ थान हतियार र हतियार बनाउन प्रयोग हुने सामग्रीसहित ३ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार भरुवा बन्दुकसहितका नयाँ घरेलु हतियार बनाउने र पुराना हतियार मर्मत गर्ने कार्यमा भक्तबहादुर सुनार, बलबहादुर सुनार र इन्द्रबहादुर सुनार संलग्न हुँदै आएका थिए। पक्राउ परेका अभियुक्तलाई संघीय प्रहरी इकाइ कार्यालय नेपालगन्जले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

पक्राउ परेकाहरुको पुख्र्यौली पेशा नै फलामका नयाँ भाँडा बनाउने तथा मर्मत गर्ने हो। फलामका भाँडा बनाउने क्रममा हतियार पनि बनाउने र मर्मत गर्ने कार्य गर्दै आएको उनीहरुले बताएका छन्।

वन्यजन्तुको चोरी शिकारीमा संलग्न व्यक्तिहरुले उनीहरुबाट नयाँ हतियार खरिद गर्ने तथा मर्मत गराउने गरेको प्रहरी अनुसन्धानबाट देखिएको संघीय प्रहरी इकाइ कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक इसराइल अन्सारीले बताए।

 

प्रतिक्रया दिनुहोस्