नेकपा एमाले कैलाली द्धारा प्रत्यक्ष उम्मेदवारको नाम सिफारिस, समानुपातिकका लागि भने भोली टुंगो लगाउने ।

धनगढी, २० असोज ।

आगामी मङ्सिर महिनामा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाका लागि नेकपा एमाले कैलालीले उम्मेदवारको नाम टुङगो लगाएको छ ।

एमाले जिल्ला कमिटी कैलालीको आज धनगढीमा बसेको वैठकले प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाएको हो ।समानुपातिकका लागि भने भोली टुंगो लगाउने नेकपा एमालेले जनाएको छ । आगाामी मङ्सिरमा हुुुुने प्रतिनिधि सभाका लागि क्षेत्र नम्वर १ बाट गरीमा शाह निर्विरोध हुँदा क्षेत्र नम्वर २ वाट भीम रावल, झपट रावल र पार्वती बजगाई क्षेत्र नम्वर ४ मा दिर्घ सोडारी निर्विरोध क्षेत्र नम्वर ५ मा नारदमुनी राना रणवहादुर चन्द र राजेश भण्डारीको नाम सिफारिस गरिएको छ ।

प्रदेश सभाका लागि १० वटा क्षेत्र मध्ये ८ वटा क्षेत्रमा तीन जनाको र एक क्षेत्रमा दुई जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्वर १ को १ वाट भोजराज शर्मा गणेश कुँवर र लालवीर चौधरी २ वाट श्याम खत्री सुनिल भट्टराई र द्धारिका न्यौपाने, क्षेत्र नम्वर २ को प्रदेश क्षेत्र १ वाट नामहरु टुंगो लाग्न सकेको छैन भने क्षेत्र २ वाट डेजी पाण्डेय कर्ण कुँवर र खेमा वोहोराको नाम छनौट गरिएको छ । क्षेत्र नम्वर ३ को क्षेत्र १ मा चन्द्रिका चौधरी रतन रेग्मी र मोती सुनार तथा क्षेत्र २ वाट अम्मर साउँद जय नारायण जोशी र विष्णु चौधरीको नाम प्रदेश उम्मेदवारका लागि टुंगो लगाईएको छ ।

त्यसैगरी क्षेत्र नम्वर ४ को क्षेत्र १ बाट पदम सिंघाल खडक वम र जीवन्ती पौडेल क्षेत्र २ वाट भीम वोगटी कृष्ण सुवेदी मानवहादुर रावल र क्षेत्र नम्वर ५ को क्षेत्र १ वाट नेपालु चौधरी दिर्घ जोशी र क्षेत्र २ वाट खेमराज पाण्डेय नन्दलाल जोशी र हिक्मत कुँवरको नाम प्रदेशमा पठाउने तयारी गरिएको छ ।

प्रतिनिधि सभाका लागि ३ जनाको दरले ५ निर्वाचन क्षेत्रवाट १५ जना तथा प्रदेश सभाका लागि १० निवाृचन क्षेत्रमा तीन जनाको हिसावले ३० जना गरी ४५ जनाको नाम प्रदेशमा सिफारिसको तयारी गरिएको जनाइएको छ ।

 

प्रतिक्रया दिनुहोस्