छोरी जिताउन काङ्ग्रेस रोजेका प्रचण्डले आफू जित्नको लागि एमाले रोजे : धनराज वास्तविक ।

समाचार विश्लेषण:

वाम एकताको नाममा अहिले राजनीति कोर्स परिवर्तन भएको छ । माओवादी केन्द्रले एमालेसँग चुनावी तालिम पछि पार्टी एकीकृत गर्ने बताई सकेको छ । राजनीतिमा ईमान्दारिताको आवश्यक छ भन्ने केन्द्रका अध्यक्ष प्रचण्ड फेरि अर्को पटक नराम्रो सङ्ग चुकेका छन ।स्थानीय निर्वाचनमा काङ्ग्रेस सङ्ग घाटि जोडेर चितवन महानगरमा छोरी रेणु दाहाललाई जिताउन सफल भएको धेरै भएको छैन ।

एमाले रोज्नुको कारण !

माओवादी केन्द्र र प्रचण्ड प्रदेश सभा र प्रतिनिधि सभामा अस्तित्व सुरक्षित गर्नको लागि यो रणनीतिमा धुरन्धर लागि परेको कुरा धेरैलाई थाह छैन । चितवनबाट प्रचण्डको जित काङ्ग्रेसको संगतले सफल नहुने देखेपछी काङ्ग्रेसलाई लात हान्न सफल भएका छन । करिब ७ दशक लामो गृहकार्य पछि वाम एकताको प्रक्रिया सुरु भएको स्थितिमा लोकतान्त्रवादिहरु जुरमुराउन थालेका छन । प्रचण्डको दुतका रुपमा जनार्दन शर्मा र केपी ओलीको दुत बनेर बामदेव गौतम, विष्णु पौडेलले यो वाम एकताको सुत्रपात जनताको बीचमा ल्याएका हुन ।

किन भयो राजनिती कोर्स परिवर्तन ?

राणा शासन, राजतन्त्र र नेपालको ससदिय व्यवस्थालाई आफ्नो भलाइको आधारित रहेर आधिपत्य जमाई रहेको भारत एकाएक नेपाल देखि दुर भएको छ ।

राजतन्त्र पछिको शासन व्यवस्थालाई आफू अनुकुल बनाउन भारतले कडा परिश्रम नगरेको भने होइन । नेपाली जनता र नेता स्वभिमानका गित गाउन र राष्ट्रियताका बाजा बजाउन माहिर छन । राजनीति उपनिवेश, आर्थिक उपनिवेश, शैक्षिक उपनिवेशलाई स्विकार्दै नेता बनेका लोकतान्त्रिक र वामपन्थीहरुले भारतबाट पाउने आइसीले महल नबन्ने भएपछि डलर सुरक्षित गर्नको लागि राजनीति कोर्स फेरेका हुन भन्न अड छैन ।

राजनीतिक विश्लेषण अनिल योगीको शब्दमा यदि मिलेर देश बेच्नु थियो र मिलेर भस्ट्रचार गर्नु थियो भने किन मारिए जनयुद्धमा १७ हजार मानिस ? सत्ता र भत्ताको खेलमा जे सुकै गर्न राजी हुने परम्पराले आज त मोज नै होला तर भोलिको बिहान मधुरो हुने निश्चित छ्।

(धनराज वास्तविक युवा साहित्य तथा राजनीतिक विश्लेषण हुन)

 

प्रतिक्रया दिनुहोस्