31 May 2020  |   सोमवार, जेष्ठ १९, २०७७

घरायसी बिबादका कारण पाल्पामा एक बृद्धको हत्या ।

    | प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४  

पाल्पा, २१ असोज ।
पाल्पामा एक बृद्धको हत्या भएको छ । घरायसी विवादमा माथागढी गाउँपालिका–६ का मानबहादुर ढेगा मगरले आफ्नै दाइ ६४ वर्षका लेखबहादुर ढेगा मगर को हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

अभियुक्त मान बहादुरलाई पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मानबहादुरले काठको चिर्पटले हानेर दाइ लेखबहादुरको हत्या गरेका हुन् । (उज्यालो)

 

प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४     7:43:49 AM  |

प्रतिक्रया दिनुहोस्